arrow

‘विद्यार्थीले भाडा तिर्दैनन् भन्ने चालकले साइकल चढे ज्यान लिन्छन्’

छोरीको मृत्युले सहनी परिवारको सपना चक्नाचुर

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष १८ सोमबार
accident-naya-nn.jpeg

विराटनगर । विराटनगर रंगेली सडकमा भएको दुर्घटनामा मृत्यु भएकी मनिषा सहनीको परिवार पीडामा छ । १४ वर्षीया मनिषाकाे सडक दुर्घटना मृत्यु भएपछि परिवारमात्र नभई गाउँ नै शोकमा छ ।

छोरीलाई पढाएर प्रतिष्ठित व्यक्ति बनाउने सहनी परिवारको सपना दुर्घटनाले चक्नाचुर पारि दियो । कटहरी–९ मा बस्दै अएकी मनिषा दादरवैरियास्थित विद्यालयमा पढ्न जान्थिन् । बाबु आमाले मजदुरी गरेर छोरीलाई पढाउँदै आएका थिए ।

घरबाट झण्डै आठ किलोमिटर दुरी छिचोल्दै उनी विद्यालय पुग्थिन् । दुई साता अघि शुक्रबारको दिन सधैँ जसो मानिषाले विद्यालय जान बस रोकिन । रंगेली– विराटनगर चल्ने बस रोकिएन । घरबाट केही मिनेटको दुरीमा दैनिक दर्जनौं यात्रु बस ओहोरदोहोर गर्छन् ।   विद्यार्थीले भाडा दिँदैनन् भन्ने मानसिकताबाट गुज्रिएका चालकले  बस रोक्दैनन् ।

बस नरोकेपछि  विद्यालय जान लागेकी मनिषालाई बुबा शंखर सहनीले साथीको साईकल मागे । साथीकै साइकलमा स्कुल जाँदै गरेकी मनिषालाई रंगेलीतिरबाट आउदै गरेको ट्राक्टरले कदमाहामा  ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भयो ।

कक्षा– ७ मा अध्यनरत १४ वर्षीया मनिषाको मृत्युले साथीहरु शोकमा छन् । नाताले बहिनी पर्ने टीका सहनी समेत सँगै स्कुल जाँदै थिइन । सँगै साइकलमा जार्दै गर्दा मनिषालाई ट्राक्टरले ठक्कर दिएको उनी सुनाउँछिन् ।

आमा निलोदेवी सहनीले विद्यालय नजान भनेकी थिइन् । बस रोकेन आज शुक्रबार पनि हो । तिमी नजाउ छोरी भन्दा हैन आमा स्कुुल  छाडनु हुदैन भन्दै मनिषाले आफुलाई सम्झाएको सुनाउँछिन्–आमा निलोदेवी । ‘घरमा खाना पाकेको थिएन । छोरीलाई  आमाले केही खान भनेर २० रुपैयाँ दिएको बुबा शंखर सहनी बताउँछन् । मनिषाले आमाले दिएको पैँसा खर्च गर्न पाइनन् । स्कुल पुग्नु अघिनै उनको मृत्यु भयो ।

छोरीलाई जान्ने सुन्ने बनाउने चाहना अधुरो रहयो– बुबा शंखरले भने । छोराको पढाई छुटाएर छोरीलाई पढाउन खोजे पनि भाग्यले साथ दिएन । रंगेली–विराटनगर सडकमा सवारी चालकहरु संयमित नभई गाडी हाँक्छन् । यसरी दुर्घटना गराइरहन्छन् ।

ट्राफिक प्रहरीले चालकका लागि सवारी नियम सम्बन्धि सचेतना अभियान समेत संचालन गर्दै आएको छ । दुर्घटना कम भएका छैनन् । विद्यालय क्षेत्रमा सवारी विस्तारै हाँक्नु पर्ने ठाउँमा चालकले कहिल्यै गति कम गर्दैनन् । मनिषाका बुबा शंखरको गुनासो पनि चालकसँगै छ । उनी भन्छन्, ‘चालकको लापरर्वाहीले मेरो छोरीको मृत्यु भयो । अब उपरान्त यस्तो नहोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ