arrow

फाल्गुनन्द गोल्डकप : इलाभेन एरोज क्लव क्वाटरफाइनलमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १८ सोमबार
spots-photo-1.jpeg
पाँचथर ।   पाँचथरको फिदिममा जारी आठौँ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सोमबारको खेलमा इलाभेन एरोज क्लव सुनसरी विजयी वन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
 
सोमबार भएको खेलमा हिमालयन शेर्पा क्वललाई ३—० गोल अन्तरले पराजित गर्दे सुनसरी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।सुनसरीका लागि सामसिङले पहिलो हाफको ३० औ र दोस्रो हाफको २३ औ मिनेटमा गोल गरेका थिए ।
 
यस्तै सुनसरीका लागि दोस्रो हाफको ३८ औ मिनेटमा पिटरले थप एक गोल गरेका थिए । आजको खेलमा सुनसरीका पिटर नै म्यान अफ दि म्याच घोषित भए । जवाफमा हिमालयनले एक गोल पनि फर्काउन सकेन् ।
 
प्रतियोगिता अन्तर्गत  मंगलबार आयोजक फिदिम स्पोटिङ क्लव,र फ्रेण्डस क्लव विआर सी भुटान वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।नेपाल,भारत र भुटानका गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ७५ हजार रुपैया हात पार्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ