arrow

मध्यपश्चिम महोत्सवको प्रचार प्रसार तिव्र पारिदै

स्टल वुकिङ्ग अन्तिम चरणमा

logo
शरद रेग्मी,
प्रकाशित २०७३ पुष १८ सोमबार
mela-thulo-logo.jpeg
 दाङ । दाङको तुलसीपुरमा संचालन हुन लागेको मध्यपश्चिम क्षेत्रिय व्यापारी तथा पर्यटन महोत्सवको प्रचार प्रसार एवं तयारी तिव्र पारिएको छ । महोत्सव सफल पार्न मूल आयोजक समितिले विभिन्न तह र तप्काहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई अगाडी वढाउन थालेको महोत्सव मूल आयोजक समितिका  संयोजक बिमल रिजालले जानकारि दिए । 
 
रिजालले तुलसीपुरमा बहुआयामिक सभागृह निमार्ण गर्ने पवित्र उदेश्यका साथ आयोजना गर्न लागीएको मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला –२००७३ महोत्सवलाई सफल पार्न यस क्षेत्रका सबै नागरिकहरुको सहयोग अपरिहार्य रहेको वताए । महोत्सवमा व्यापार व्यवसाय संचालन गर्नका लागि विभिन्न संघ संस्था तथा व्यवसायीहरुले स्टल वुकिङ्ग गरिसकेकोस्टल वुकिङ्ग उपसमितिका संयोजक मिनराज भण्डारीले जानकारी दिए । उनले स्टल वुकिङ्गको ७५ प्रतिशत काम पुरा भएको समेत जानकारी दिए ।
 
यसै विच भोली मंगलवार दिउस १ वजे वाणिज्य संघको सभाहलमा यस क्षेत्रका संचार संस्थाका संचालक र संचारकर्मीहरु संग महोत्सव संचालनका वारेमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको सूचना तथा संचार संयोजक शरद रेग्मीले जानकारी दिनु भयो । यसै विच मंगलवार दिउसो १ वजे वाणिज्य संघमा उपस्थितीका लागि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्रलाल वलीले सम्पूर्ण संचारकर्मीहरुलाई अनुरोध गरेका छन् । 
 
वाणिज्य संघले यस अघि सर्वदलिय, सर्वपक्षिय बैठक वसी विभिन्न निर्णयहरु गरी सकेको छ । सभाहल निमार्णका लागी आगामि माघ १३ देखि २३ गते सम्म तुलसीपुरमा हुन लागेको मध्यपश्चिम क्षेत्रिय ब्यापारिक तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ हुन लागेको छ । महोत्सवमा २० करोडको कारोबार हुने तथा १ करोड बचत गर्ने उदेश्य राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ