arrow

१० जनामा सीमित म्यानचेष्टर सिटी उत्रियो, लिभरपुल लत्रियो

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
man-city.jpeg
इत्तेहाद मैदान । १० जनामा समेटिएर पनि म्यानचेष्टर सिटीले इङलिश प्रिमियर लिग फुटबलमा कमालको प्रदर्शन गरेको छ । बर्नले विरुद्ध सोमबार राति भएको खेल २–१ ले जितेर सिटीले जस्तोसुकै कठीन परिस्थितिमा पनि सक्षम भएको प्रमाणित गरेको छ । 
 
खेलको ३२ औं मिनेटमा फर्नान्डिन्होलाई रातो कार्डसहित गुमाएको म्यानचेष्टर सिटीले ४१ औं मिनेटमा याया टौरेले पहेंलो कार्ड खाएपछि अझ त्रसित हुनु प¥यो । 
 
तर ५८ औं मिनेटमा गेल सिलिचीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि सर्जियो अगुएरोको गोलबाट म्यानचेष्टर सिटीले अग्रतालाई दोब्बर ग¥यो । 
Guardiola was an animated figure on the touchline after Wijnaldum gave Liverpool the lead
 
७० औं मिनेटमा बेन मीले गोल गर्दै बर्नलेलाई २–१ को स्थितिमा ल्याए पनि त्यसपछि गोल नहुँदा म्यानसिटीले बाजी मा¥यो । 
 
 
यता, म्यानचेष्टर सिटीले आफूलाई सम्हाले पनि लिभरपुल भने लत्रिएको छ । लिभरपुलले सन्डरल्याण्डविरुद्ध दुई पटक अग्रता लिएर पनि २–२ को बराबरीमै रोकिनु परेको छ । 
 
 
१९ औं मिनेटमा डानियल स्टुरिजको गोलबाट लिभरपुलले अग्रता लिए पनि २५ औं मिनेटमा जर्माइन डेफोले पेनाल्टीबाट गोल गर्दै सन्डरल्याण्डलाई बराबरीमा ल्याए । 
 
 
७२ औं मिनेटमा सादिओ मानेले गोल गर्दै लिभरपुललाई २–१ ले अग्रता दिलाए । तर डेफोले फेरि अर्को पेनाल्टी गोल गर्दै बराबरीमा ल्याए । 
 
 
लिगका अन्य खेलमा एभर्टनले साउथह्याम्पटनलाई ३–० ले पराजित गर्दा मिडिल्सब्रो र डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले ०–० को खेल खेले । 
 
After they were beaten by Jurgen Klopp's Liverpool, City sit fifth in the Premier League table 
 
त्यस्तै वेष्टब्रोमले हलसिटीलाई ३–१ ले हराएको छ । लिगमा १९ खेलबाट ४९ अंकको चेल्सीलाई निकै राहत मिलेको छ । २० खेलबाट लिभरपुल ४४ अंकमै थन्किएपछि चेल्सीले एक खेल खेल्नुअघि नै स्पष्ट पाँच अंकको अग्रता बनाएको छ । 
 
तेस्रो स्थानको म्यानचेष्टर सिटीको ४२ अंक छ । तर एक खेल कम खेलेको आर्सनलको ४० तथा टोटनह्यामको ३९ अंक छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ