arrow

वार्नरको कीर्तिमानी ब्याटिङ, टेष्टमा खानाअघि नै सतक

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
david-warner.jpeg
सिड्नी । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले टेष्ट क्रिकेटको खाना समयअघि नै सतक बनाउने कीर्तिमान रचेका छन् । पाकिस्तानविरुद्ध घरेलु मैदान सिड्नीमा भइरहेको तेस्रो टेष्ट क्रिकेटमा खाना समयअघि नै सतक प्रहार गरेर वार्नर टेष्ट क्रिकेटको इतिहासमा लञ्चअघि सतक बनाउने पाँचौं खेलाडी बनेका हुन् ।
 
सो क्रममा वार्नर ९५ बलमा ११३  रन बनाएर आउट भएका छन् । वार्नरअघि ब्राडम्यान, ट्रम्पर, म्याकार्टनी र मजिद खानले खाना समयअघि नै सतक बनाउने कीर्तिमान रचेका थिए । 
 
पाकिस्तानविरुद्ध यसअघि दुवै खेल जितेको अष्ट्रेलियाले तेस्रो खेलमा एक दिवसीय शैलीमा खेलेको छ । विकेट बचिरहँदा अष्ट्रेलियाले अर्को उच्च योगफलको कीर्तिमान रच्ने सम्भावना छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ