arrow

जनसम्पर्क समिति साउदीको प्रथम अधिवेशन हुदै, युवा नेता प्रदिप पौडेल साउदी आउने

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
ksa-janasamparka.jpeg
साउदी अरब। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव युवा नेता प्रदिप पौडेल साउदी अरब आउने भएका छन् । यही २० जनवरीमा हुने नेपाली काँग्रेसको प्रवासी भातृसँगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशनलाई सम्बोधन गर्न युवानेता पौडेल साउदी आउने भएका हुन् ।
 
नेता पौडेलको स्वागत एवं प्रथम अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका निम्ती ब्यापक तयारी भईरहेको व्यवस्थापन उपसमितिका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो । बृहत् कार्यक्रमका बिच अधिबेशन साउदी अरबको राजधानी रियादमा हुने भएको हो ।  
 
संगठनको थप बिस्तार, बिकास र सकृयताका लागि बिशेष भेला मार्फत् पहिलोपटक गर्न लागिएको अधिबेशन ऐतिहासिक साबित हुने समितिका का.बा. सभापति दिपक रेग्मीले बताउनु भयो । गत २३ सेप्टेम्बर २०१६ का दिन समितिका संरक्षक, पदाधिकारी, क्षेत्रिय सभापति, शुभेच्छुकहरुको विषेश भेलाले अधिवेशनको मिति तय गरेको थियो । भने अधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको थियो ।
 
साउदी अरबमा कार्यरत काँग्रेस निकट सबै नेपालीहरुको उपस्थिती रहोस् भन्ने उद्धेश्यले साउदीको बिभिन्न स्थानमा रहेका नेपालीहरुलाई लक्षित गरि अधिबेशनको ब्यापक प्रचार प्रसार गरिएको समितिका महामन्त्रि नमराज लामिछानेले बताउनुभयो ।
 
साउदी अरब जस्तो भौगोलिक कठिनता, कडा धार्मिक कानूनको बाबजुद पनि समितिले सदस्यता बितरण गर्ने, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने, सामाजिक कार्यहरु तथा नेपाली राजदूताबास सँग सहकार्य गर्दै विदेशी भूमीमा दुःख पाएका नेपालीहरुलाई सहयोग गर्ने जस्ता बिभिन्न रचनात्मक गतिबिधीहरु गर्दे आइरहेको महामन्त्रि लामिछानेले जानकारी दिनुभयो ।
 
१० अगष्ट २०१३ मा साउदी अरबमा कार्यरत नेपाली काँग्रेस निकटका नेपालीहरुको एक भेलाले चोला प्रसाद पाठकको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ