arrow

रोल्पाली कृषकहरु वीउ उत्पादन कार्यक्रम तर्फ आकर्षित बन्दै

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष १९ मंगलबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। जिल्ला कृषि विकास कार्यालय रोल्पाद्वारा संचालनमा रहेको एकिकृत जलश्रोत ब्यवस्थापन आयोजना प्रभावकारी बन्दै गएको कृषकहरुले बताएका छन् । यो आयोजनाले विक्रम संबत् २०६६÷०६७ देखि जिल्लाका दुई गाविसमा वीउ उत्पादन कर्यक्रम तथा कृषक युवाहरुको माग अनुसारका कार्यक्रमहरु संचालन गर्दै आएको छ। 
 
कार्यालयका अनुसार यस परियोजना मार्फत २ गाविसको कूल ५ हेक्टर जमिनमा धान, मकै, गहुँको वीउ उत्पादन हुँदै आएको छ भने यसरी उत्पादन गरिएको वीउ जिल्लाका विभिन्न गाविसमा वितरण हुँदै आएका जिल्ला कृषि विकास कार्यालय रोल्पाका कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिए। 
 
पौडेलका अनुसार कार्यालयले वीउ उत्पादनका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मूल वीउ उपलब्ध गराउदै आएको छ। यसरी जिल्लामै वीउ उत्पादन कार्यक्रम संचालन भइसकेपछि पछिल्ला दिनमा कृषकहरुको उन्नत वीउमा पहुँच बढ्न गई उत्पादन एवम् उत्पादकत्वमा समेत बृद्धि हुँदै गएको छ। 
 
खाद्यान्न विक्रि वितरणमा भन्दा वीउ विक्री वितरण गर्दा राम्रो आम्दानी हुने भएपछि कृषकहरु वीउ उत्पादन कार्यक्रम तर्फ आकर्षित बन्दै गएका छन्। कृषि प्रसार अधिकृत पौडेलका अनुसार खाद्यान्नको रुपमा गहुँ वितरण गर्दा प्रति केजी २७ रुपैयाँ केजी पर्न जान्छ भने वीउको रुपमा गहुँ वितरण गर्दा प्रति केजी ७० रुपैयाँ केजी पर्न जाने भएको हुँदापनि वीउ उत्पादन तर्फ कृषकहरु आकर्षित भएका हुन्। 
 
पौडेलले भने “जिल्लामै २ वटा मात्र पकेट क्षेत्र भएको हुँदा कार्यक्रम प्रभावकारी छ । सिंचाइ तथा कृषिका कार्यक्रमहरु एकिकृत रुपमा आगाडि बढ्ने भएको हँुदा कृषि विकासमा टेवा पुगेको छ भन्नेमा हामी आशाबादी छौं।”
 
यो कार्यक्रमलाई जिल्लाका अन्य गाविसहरुमा समेत विस्तार गर्दै लैजान सके कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने देखिन्छ । एकिकृत जलश्रोत ब्यवस्थापन आयोजना अन्तर्गत प्लाष्टिक घरमा बेमौसमी तरकारी उत्पादन कार्यक्रम समेत संचालन हुँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ