arrow

देशलाई लोडसेडिङ्ग मुक्त गराउन प्राधिकरणको अनुरोध

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
NEA-Notice-2017.jpeg
काठमाडौं । विद्युत प्राधिकरणले  लोडसेडिङ्ग न्यूनिकरणका लागि सहयोग गर्न ग्राहकसँग आग्रह गरेको छ ।  वढ्दो चिसो र सुख्खायामको कारण नदिहरुमा पानीको बहाव कम हुने भएकाले  विद्युत बढि  खपत हुने सामाग्री पिक आवरमा नचलाउन आग्रह गरेको हो । 
 
प्राधिकरणले पिक लोड समय  (विहानः ६:००–९:०० र वेलुका ४:३०–८: ३०) मा आइरन,  रुम हिटर,  इमर्सन हिटर,  पानी तान्ने पम्प,  एयर कण्डिसनर,  इलेक्ट्रिक गिजर,  वाशिङ्ग मेशिन प्रयोग नगर्न र अन्य बल्बहरुको तुलनामा लेड बल्ब प्रयोग गर्न अनुरोध गरेको छ । 
 
 रुम हिटर, ईमर्सन हिटर, एयर कन्डिस्नर, इलेक्ट्रिक गिजार लगायतका बढी विद्यतु खपत गर्ने उपकरणहरु सम्भव भए सम्म पिक लोडका अतिरिक्त अन्य समयमा समेत प्रयोग नगर्न  भनेको छ । त्यसको सट्टा ग्रहाकहरुले कम विद्युत खपत गर्ने  विद्युतीय उपकरण  प्रयोग गर्न सक्ने छन् । 
 
प्राधिकरणले आवश्यक नभएको अवस्थामा सम्पूर्ण विद्युतीय उपकरणहरुको स्वीच अफ गर्न र  पिक लोड समय साँझ (४:३०–८:३०) वजेसम्म साना-ठूला सम्पूर्ण उद्योग नचलाउने, उद्योगहरुमा ऊर्जा परिक्षण गराई उपलब्ध विद्युत शक्तिको अधिकतम उपयोग गर्ने, उद्योगमा क्यापासिटर बैंक अनिवार्यरुपमा जडान गर्ने व्यवस्था मिलाउन  अनुरोध गरेको छ  ।
 
कार्यालय तथा उद्योग परिसर एवं सडकमा कम विद्युत खपत गर्ने लेड वल्व प्रयोग गर्न र सो को लागि दिनमा निभ्ने गरी स्वचालित स्वीच को प्रयोग अनिवार्यरुपमा गर्न, जथाभावी वत्ती नबाल्न र सौर्य सडकवत्ती प्रयोग गर्नु पर्नेछ  ।
 
प्राधिकरणले विद्युत चुहावट भएको पाईएमा सोको सूचना प्राधिकरणको नजिकको कार्यालयमा सूचना  दिई सहयोग गर्न  आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ