arrow

वर्ल्डलिंकले नयाँ बर्षमा ल्यायो अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७३ पुष १९ मंगलबार
world-link.png
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिङ्कले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।  
 
कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार, कम्पनीले निशुल्क जडान र निशुल्क राउटर उपलब्ध गराउने छ । कम्पनीले टिभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिनासम्म निशुल्क उपलब्ध गराउने छ । आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने छ । यो  योजना वार्षिक ग्राहकहरु पाउने कम्पनीले जनाएको छ  ।  
 
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ