arrow

आफूबाट गल्ती भएको मन्त्री केसीको स्वीकारोक्ती

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
arjun-narsingh-kc-smile.jpg.jpeg
काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेवपालमा जयराम दवाडीद्धारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री केसीले आफु बिगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए । 
 
उनले भने,‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ