arrow

पुनर्निर्माण प्राधिकरणका सीइओको आरोप–‘पुनर्निर्माणमा भइरहेको ढिलाइमा प्रधानमन्त्री दोषी’

logo
प्रकाशित २०७३ पुष २० बुधबार
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा सुस्तता आउनुमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई जिम्मेवार ठहर्‍याएका छन् ।
 
प्राधिकरण प्रमुख ज्ञवालीले बुधबार मन्त्रिपरिषद कार्यालयमा पेस गर्ने तयारी गरेको ‘श्वेत पत्र’ शैलीको स्पष्टीकरणमा उक्त आरोप लगाएका हुन् ।
 
पुनर्निर्माणलाई तिब्रता दिन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एक साताअघि ज्ञवालीसँग पाँच बुँदामा स्पष्टिकरण सोधेको थियो ।
 
स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनावद्ध रुपमा अघि बढाएको र त्यसको परिणाम एकपछि अर्को गर्दै बाहिर आइरहेको उल्लेख गर्दै ज्ञवालीले स्पष्टीकरण सोधिएको पत्र पाउनेबित्तिकै वस्तुस्थितिको यथार्थ चित्रणसहित जवाफ पेस गर्ने बताएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ