arrow

इङलिश प्रिमियर लिगमा आर्सनल बराबरीमै रोकियो

बुधबार राति चेल्सी र टोटनह्याम भिड्दै

logo
प्रकाशित २०७३ पुष २० बुधबार
arsenalll.jpeg
भाइटालिटी स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा आर्सनलले तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ । मंगलबार राति भएको खेलमा एएफसी बर्नमाउथसंग ३–३ गोलको बराबरीमा रोकिएपछि आर्सनलले सो अवसर गुमाएको हो । बर्नमाउथको मैदानमा भएको खेलमा ३–० ले पछि परेर निरीह देखिएको आर्सनलले त्यसपछि भने बराबरी गोल गर्न सफल भएको हो । 
 
Arsenal's striker, who scored a sensational scorpion kick goal on New Year's Day, appeared to remind us in his celebration
 
विरलै देखिने ३–० ले अग्रता लिएर पनि बराबरीमा चित्त बुझाउने बर्नमाउथका साइमन फ्रान्सिसले रातो कार्ड खाएपछि भने झनै निराश बन्नुप¥यो । 
 
Olivier Giroud made it 3-3 in stoppage time with this header to earn Arsenal a point in this Premier League encounter
 
बर्नमाउथका लागि आर्लि डानियल्स, कालुम विल्सन र रायन फ्राजरले गोल गरे । त्यसपछि एलेक्सिज सान्चेज र लुकास पेरेज आर्सनललाई गोल दिलाए । अन्तिम मिनेटमा ओलिभियर जिरर्डले गोल गर्दै आर्सनललाई हारबाट बचाए ।
 
Giroud pictured running away in celebration after Arsenal turned 3-0 into 3-3 against Bournemouth on Tuesday
 
लिगका अन्य खेलमा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले तथा स्टोक सिटीले वाट्फोर्डलाई २–० ले हरायो । 
 
Bournemouth captain  Francis was  shown a straight red as Arsenal sensed they could snatch a point here
 
बुधबार राति १ः४५ बजे टोटनह्याम हटसपर र चेल्सी भिड्दै छन् । चेल्सीले शीर्ष स्थानलाई मजबुद बनाउन चाहन्छ भने टोटनह्याम घरेलु मैदानको फाइदा उठाउन चाहन्छ । 
 
लिगमा १९ खेलबाट ४९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ । ४४ अंकको लिभरपुल दोस्रो, ४२ अंकको म्यानचेष्टर सिटी तेस्रो तथा ४१ अंकको आर्सनल चौथो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ