arrow

५० वर्षे गायिका जेनेट ज्याक्सनले बच्चा पाइन्

तिमीले प्रयास गरेका भए बुझ्थ्यौ यसको महत्व

logo
प्रकाशित २०७३ पुष २० बुधबार
janet-jackson.jpeg
काठमाडौं । ५० वर्षे पाकी गायिका जेनेट ज्याक्सनले पहिलो सन्तान जन्माएकी छिन् । पाको उमेरमा उनले छोरो पाएको जनाइएको छ । उनका कतारी पति विसाम अल मनले बच्चा इसा अल मनलाई स्वागत छ भनेका छन् । 
 
जेनेट र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको पनि जनाइएको छ । उनी गत अप्रिलमा गर्भवती भएकी थिइन् । 
 
पाको उमेरमा गर्भवती भएसंगै उनको स्वास्थ्यलाई लिएर दबाब बढेको थियो । उनले आफू गर्भवती भएपछि विश्वटुर रोकिएको थियो । ट्वीटरमा उनले आफ्ना फ्यानलाई टुर अचानक रोकिएको जनाउँदै अचानक परिवर्तन भएको पनि बताएकी थिइन् ।
उनले त्यतिबेलै भनेकी थिइन्, ‘यदि तिमीले प्रयास गरेका भए बुझ्थ्यौ यसको महत्व जुन अहिले मैले गरेकी छु ।’ 
 
सन् २०१२ मा बिहे गरेकी उनले बच्चा पाउने कुरा उल्लेख गर्दै आएकी थिइन् । 
 
जेनेट ज्याक्सन सन् १९६६ मे १६ तारिखका इन्डियानामा जन्मिएकी थिइन् । उनी माइकल ज्याक्सनकी कान्छी छोरी हुन् । 
 
उनको पहिलो एल्बम ‘जेनेट ज्याक्सन’ सन् १९८२ मा आएको थियो । 
 
सन् २०१५ मा निस्किएको ‘अनब्रेकएबल’ पछिल्लो एल्बम हो । उनका ११ वटा गीति एल्बम छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ