arrow

नेपाली काँग्रेस महोत्तरी सभापतिमा महेन्द्रकुमार राय पुनः विजयी

logo
प्रकाशित २०७३ पुष २० बुधबार
congress-flag.jpg.jpeg.jpeg
बर्दिवास । नेपाली काँग्रेस महोत्तरीको १३औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा विजयी भएका छन् । मङ्गलबार सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको बुधबार बिहान सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा विजयी भएका हुन् ।  
 
पछिल्ला २५ वर्षयता बीचको एक कार्यकालबाहेक सधैँ सभापति निर्वाचित हुँदै आएका रायले पाँचसय दुई मत प्राप्त गरे । प्रतिस्पर्धी यादवले तीनसय ६१ मत प्राप्त गरेको कार्यालयका प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले जानकारी दिए । 
 
कुल नौसय ३५ मतदातामध्ये मङ्गलबार सम्पन्न मतदानमा आठसय ९० जनाले मतदान गरेका थिए । मतदाताले मतदान गर्दा कतिपय पदमा मत जाहेर नगरेको पाइएको छ । 
 
त्यसैगरी, सचिवमा शम्भुनारायण पाठक र कोषाध्यक्षमा किशोर प्रितम निर्वाचित भएका छन् । यी दुवै पदमा पाठक र प्रितमविरुद्ध क्रमशः मनोजकुमार चौधरी र विनोद महतो उम्मेदवार थिए ।
 
एक सभापति, एक सचिव र एक कोषाध्यक्षसहित संसदीय निर्वाचन क्षेत्र नं १ र ६ बाट एक÷एक महिलासहित पाँच÷पाँच जिल्ला कार्यसमिति सदस्य पदका लागि निर्वाचन भएको थियो । 
 
गत वर्ष हिउँदमा दलभित्रको स्थानीय किचलो र सभापति सुशील कोइरालाको निधनका कारण जिल्ला अधिवेशन हुन सकेको थिएन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ