arrow

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

logo
प्रकाशित २०७३ पुष २० बुधबार
pm-puspa-kamal-dahal-2017-1.gif

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच वुधबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को गतिरोध, संविधान संशोधन प्रस्तावबारे सर्वोच्चको निर्णयपछि उत्पन्न परिस्थिति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

सभामुख घर्तीले प्रधानमन्त्री दाहाललाई दलहरुबीच सहमति कायम गरी अघि बढ्ने वातावरणका लागि पहल गर्न आग्रह गरिन् । मधेसवादी दलहरुले उठाएका मुद्दालाई सम्बोधन गर्न गत मङ्सिर १४ गते संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षीलगायत दलले निरन्तररुपमा संसद्को बैठक अवरुद्ध गर्दै आएका छन् ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले आजैदेखि आफूले सहमतिका लागि आवश्यक पहल गर्ने सभामुखलाई अवगत गराएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ