arrow

संविधान संशोधन प्रक्रियालाई रोकौं : शशांक

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष २० बुधबार
shashank-bimansthal.jpeg

विराटनगर । काँग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन प्रक्रियालाई अहिलेको अवस्थामा थाती राखेर  स्थानीय निकायको निर्वाचनमा दलहरु जुटनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा संचाकर्मीसँग महामन्त्री कोइरालाले २०७४ माघ सम्ममा तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रकृयामा पछि छलफल गर्ने गरी सहमति कायम गरेर निर्वाचनमा जानुपर्ने बताए ।

संविधान कार्यान्वय मुख्य चुनौती रहेको बताउदै कोइरालाले दलहरुबीच सहमति सहकार्य गरेर भएपनि संविधान कार्यान्वयनमा जानु उपयुक्त हुने उल्लेख गरे ।

संविधानमा केही त्रुटि रहेकाले त्यसलाई सच्याएर भएपनि मधेशको मुद्दा सम्बोधन हुनुपर्ने महामन्त्री कोइरालाको भनाइ छ । महामन्त्री कोइरालाले विशेष गरी संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चासँगको वार्तालाई घनिभुत बनाइ सहमति कायम गर्नु पर्नेमा जोड दिए ।

प्रदेश नम्बर ५ मा देखिएको विवाद सावधानका लागि स्थानीय जनताको राय बुझेर सीमङ्कनको टुंगो लगाउनु पर्ने बताए । कोइरालाले त्यस क्षेत्रका जनताको भावना विपरीत जान नहुने पनि उल्लेख गरे ।

नेपाली काँग्रेस ठूलो पार्टी भएर पनि राजनीतिक नेतृत्व लिन असफल भएको महामन्त्री कोइरालाको भनाई छ । ठूलो दल काँग्रेस हो, यसले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्नु पर्छ,–कोइरालाले भने ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ