arrow

सुदुरपश्चिममै पहिलो पटक काठे पुलमा गुड्यो बस

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ पुष २० बुधबार
 बझाङ। बर्षौ देखि सेती नदीमा पुल निर्माण गर्न  पहल गर्दा पनि सरकारले सेती नदीमा पुल हाल्न चासो नदेखाए पछि बझाङको छान्नाका  क्षेत्रका स्थानिय बासीहरुले सेती नदीमा काठको पुल निर्माण गरि सेती पारी पहलो पटक बस तराएका  छन् । 
 
 सुदुर पश्चिममै पहिलो पटक स्थानिय बासीहरुले सेती नदीमा पुल निर्माण गरि बस  तराए पछि छान्ना क्षेत्रको  सेती लोकमार्ग अन्तर्गतको अठार किलो मिटर सड्कमा बुधबार बस  गुडेको हो । बझाङ मुल सडकको तमैल सेती नदिमा काठेसाँगु हालेर छान्नाका वासिन्दाहरुले गत बर्ष १० किलो मिटर सडकमा साना जिपहरु सन्चालन गरेको भए पनि तिन महिना नबित्दै सैपाल हिमालमा हिउ पग्लेर सेती नदीमा पानीको सतह बढे संगै काठे पुल बगाएको थियो । 
 
यस बर्ष भने छान्ना स्तरिय यूवा सन्जालका अध्यक्ष सिद्घराज खड्काले ब्यक्तिगत लगानी र केही स्थानियको जनसहभागिता बाट सेती नदीमा पुल निर्माण  पहिलो पटक सेती पारी बस सेवा सन्चालन गरे पछि  यस क्षेत्रमा उत्साह छाएको छ  । छान्ना क्षेत्रका  प्रत्येक परिवारका प्रतिसदस्य बाट एक लिटर तेल अभियान सन्चालन गरि  र्निमाण सुरु गरेको तमैल — थामलेख सडक खण्डको बाजुरा जिल्लाको सिमाबर्ती गडराय गाबिस  सम्म गाडी गुडे पछि स्थानियबासीले बाजागाजा सहित भब्य  स्वागत गरेका छन् ।
 
 दुई बर्ष अगाडी देखि र्निमाण सुरु गरेको तमैल मुल सडक  देखी १८ किलोमिटर ग्रामिण क्षेत्र गडराय  सम्म बस  गुड्ने बाटो  तयार भएपछि मंगलबार देखि बस चल्न थालेका हो ।  सुरुमा एक व्यक्ति एक लिटर तेल अभियान वाट स्काभेरले सडक काट्न सुरु गरेको तमैल थामलेख सडकमा यसरी बस सेवा सुचारु हुदा छिमेकी जिल्ला बजुरा लगायत छान्ना क्षेत्रका स्थानिय बासीको बस भएको ठाँउ पुग्न दैनिक एकदिन लाग्ने बाध्यताको समेत अन्त्य भएको छ ।
 
जनताले दिएको एक लिटर तेलवाट  लाखौको ईन्धन उपलव्ध गरि सडक निर्माण गरेको स्मरण गराउदै  माझिगाँउका अगुवा वर्क रोकायाले भने जनताको सडकमा र जनताले बनाएको काठे पुलमा गाडी पुगेको यो सुदुर पश्चिममै पहिलो हो ।   तमैल देखी थामलेख २३ किलो मिटर  र थामलेखदेखी विविरा १८ किलो मिटर सडक खोल्ने काम हामी जनसहभागी वाटै गर्छौ । 
 
सुदुर पश्चिमको सबै भन्दा ठूलो सेती नदीमा काठेसाँगु माथी माटो भरी गाडी जाने बनाए पछि  सदरमुका चैनपुर लगायत धनगडी महेन्द्रनगर सम्म सिधै गडराय गाबिस बाट दिवा र रात्रि सेवा सन्चालन भएको छ । सु.प. बस ब्याबसायि समितीका बझाङ ईन्र्चाज जनक दौल्यालले अब छान्ना बाट नियमित रुपमा धनगडी र अन्य जिल्लामा सेवा दिने बताए । 
 
सम्म छान्ना क्षेत्र यातायातमा जोडिदाँ सामान लिएर जिव ट्याक्टर साना भ्यानहरु कालुखेतीमा जाने र त्यहाँ वाट आलु चोतो तिकुलो,स्याउ,सुन्तला सदरमुकाम आउन थालेको छ  । साथै यहाँ वाट अब खप्तड राष्टिय निकुञ्ज र बाजुरा अछाम जान पनि सजिलो भएको छ । बर्सात नआउन्जेल बैशाख जेठ सम्म यहाँ गाडी चल्ने छन् । सेती पारी २० गाविस रहेको बझाङ जिल्लामा सेतीमा पक्की पुल नहुदाँ यहाँका वासिन्दाले दिगो रुपमा यातायातको सुविधा पाउन सकेका छैनन्  ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ