arrow

स्ववियु निर्वाचनमा २८ वर्ष नाघेकाले उम्मेद्वारी दिन नपाउने

पहिलो पटक उमेर हदबन्दी

logo
प्रकाशित २०७३ पुष २० बुधबार
tu.jpg.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेर हदबन्दी तोकेको छ । वुधबार बसेको त्रिविको ४२औँं साधारण बैठक सिनेटले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकूद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए ।

उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने पक्का जस्तै भएको छ । बैठकले मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णयसमेत गरेको उनले बताए । अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ ।

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दीको विषयमा विवाद हुँदै आएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता विद्यार्थी सङ्गठनबीच विवाद सिर्जना भएर हुनसकेको छैन ।

विद्यार्थी सङ्गठनद्वारा स्वागत
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उमेर हदबन्दी तोकेसँगै अब स्ववियु निर्वाचन हुने सुनिश्चित भएको बताए । उनले आफ्नो सङ्गठनले नै उमेरको हदबन्दी माग गरेको जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो सङ्गठनले एक पटक निर्वाचनका लागि उमेरको हदबन्दी नलगाउने पक्षमा रहेपनि निर्वाचनको सुनिश्चितता भए उमेरको हदबन्दीलाई मानेर जाने बताए ।

अनेरास्ववियुका महासचिव ऐन महरले उमेरको हदबन्दी लगाएसँगै निर्वाचनको सुनिश्चितता भएको प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ