arrow

रातो नम्बरबाट फोन आयो भन्दै फेसबुक प्रचार गर्ने गायक–गायिका परे फन्दामा

अनुसन्धान व्यूरोले खोल्यो हल्लाको पोल

logo
प्रकाशित २०७३ पुष २० बुधबार
rato-nambar-kand.jpeg

काठमाडौं । एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाए भन्दै प्रहरीको अनुसन्धान व्यूरोले दुई जनालाई अनुसन्धानको दायरामा ल्याएको छ । सामाजिक सञ्जालमा रातो नम्बरबाट फोन आएको अफवाह फैलाएको भन्दै प्रहरीले गायिका प्राश्ना पाण्डे र गायक दीपक बराईलीलाई व्यूरोले कार्यालयमै बोलाएर सोधपुछ गरेको हो ।   

मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यो खतरनाक हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको भन्दै उनीहरुलाई सोधपुछ गरेको व्यूरोले वुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

मोवाइ एप्सबाट रातो नम्बर ‘क्रिएट’ गरेर बराइलीले पाण्डेलाई पठाएको र दुवैले फोटो बनाएर प्रचार गरेको स्वीकारेका अनुसन्धानमा संलग्न एसपी मिरा चौधरीले जानकारी दिइन् । उनले भनिन्, ‘दुवैले गल्ति स्वीकारेका छन् ।’ यस्तो हल्ला गर्ने अरु पनि अनुसन्धानकै घेरामा छन् । प्रहरीले ति दुईलाई आफ्नो नियन्त्रणमा नराखेपनि अनुन्धानको घेरामै रहेकाले कतै भाग्न नदिने बताएको छ ।

पत्रकार सम्मेलनमा व्यूरोका डिआइजी नवराज सिलवालले मोवाइ एप्सबाट बनाएको देखिएकाले यस्तो भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, ‘गुगल प्ले स्टोरमा गएर यस्तो जसले पनि बनाउन सक्छ । फन्ट कलर एप डाउनलोड गरेर जुनसुकै नम्बरमा पनि यस्तो देखाउन मिल्छ ।’ यसबारे जतिपनि भ्रम फैलाइएको छ, त्यसमा कुनै सत्यता छैन ।

यसैबीच, झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेको पत्रकार सम्मेलनमा स्वीकारिन् ।

पाण्डेले स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् । पछि उनले डिलिट गरिन् । रातो नम्बरबाट फोन आएमा खतरा हुने अफवाह चलिरहेकै बेला आफुलाई गायिका भनेर चिनाउनेले नै यसप्रकारको स्टाटस शेयर गरेपछि अनुसन्धान व्यूरोले निगरानी बढाएको थियो । पाण्डेको ‘गाजलु आँखा मेरा देखेर भुतुक्कै.........बोलको गीत चर्चामा छ ।

केही दिनयता रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समेत हल्ला फैलिएको थियो । हल्ला भ्रामक भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले  यसअघि नै प्रष्ट्याएको थियो । प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै जानकारी छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ