arrow

मधेसी मोर्चा हदै लचिलाे : भन्याे-सर्वोच्चको निर्णयले संविधान संशोधनका सबै अवरोध अन्त्य (विज्ञप्तिसहित)

सबै अधिकार संसदलाई, संशोधन विधेयकमा अनुकुल परिमार्जन

logo
प्रकाशित २०७३ पुष २० बुधबार
morcha-20.jpeg

काठमाडौं । संविधान संशोधनको माग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गरेको छ । वुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले सर्वोच्चले गरेको निर्णयको स्वागत गरेको हो ।

बैठकले सर्वोच्चले संविधान संशोधन सम्बन्धि सबै अवरोधलाई अन्त्य गर्दै संविधान संशोधन र कानुन निर्माण गर्ने अन्तिम निकाय संसद नै भएकाले संसदबाटै निकास निकाल्नु पर्नेमा जोड दिएको बैठकमा सहभागि तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले हाम्रा कुरालाई जानकारी दिए ।

उनले भने, ‘बैठकमा मोर्चाका सबै साथीहरुले सर्वोच्चको निर्णय सकारात्मक भन्नु भयो । अब संविधान सर्वस्वीकार्य बनाउन असन्तुष्ट हामी सबैले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक अनुकुल परिमार्जनसहित पारित गर्नु पर्ने निष्कर्ष निकालिएको छ । निर्णय पनि यही भएको छ ।’ संविधान संशोधन  परिमार्जन गराउन हामीले सबैसँग औपचारिक र अनौपचारिक छलफल गर्ने निर्णय पनि गरेका छौं ।

सद्भावना महासचिव मनीष सुमनले परिमार्जनसहित संशोधन विधेयक अघि नबढाइए मान्य नहुने निर्णय आफुहरुले गरेको बताए । मोर्चाको बैठकले प्रेस काउन्सिलको यस वर्ष गरेको पत्रपत्रिकाको वर्गीकरणमा मधेसबाट प्रकाशन हुने पत्रपत्रिकालाई वेदभाव गरेको भन्दै आपत्ति जनाएको छ ।  भेदभावपूर्ण वर्गिकरण तत्काल खारेजीको माग गर्दैै त्यो मान्य नहुने निर्णय पनि मोर्चा बैठकले गरेको छ ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ