arrow

‘लिने दिने दुवैका कारण भ्रष्टाचार’, काम छिटो गराउने नाममा मगज बिग्रियो

खुद्रा रुपैयाँ अर्को माध्यम

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
CIAA_20120418084007.jpg.jpeg
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताएका छन् । आयोग क्षेत्रीय कार्यालय इटहरीद्वारा बुधबार राजविराजमा आयोजित ‘भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका’ विषयको अन्तक्र्रियामा उनले धेरै भिड हुने कार्यालयमा आउने सेवाग्राहीले छिटो काम सकाएर जानका लागि कर्मचारीलाई रकम दिने गरेको बताउँदै भने, “सप्तरी मालपोत कार्यालयमा दैनिक ५० देखि सय वटा रजिस्ट्रेसनसम्म हुन्छ तर यत्रो भिडमा जो कोहीले पनि चाँडै काम होस् भन्ने अपेक्षा राख्छन् । 
 
यसैले चाँडो काम गराउनका लागि सेवाग्राहीले रकम दिने गरेको र कर्मचारीले पनि रकम लिन पल्केका छन् ।”  भट्टराईले खुद्रा पैसाका नाममा पनि भ्रष्टाचार भइरहेको बताउँदै पाँच, दश रुपैयाँ दिन पनि कोही चाहँदैनन्, लिनेले पनि माग्दैनन् ।” गाविस सचिवहरु गाविस कार्यालयमा नगएमा तिनलाई कारबाही गरिने चेतावनी पनि उनले दिए । 
 
कार्यक्रममा सप्तरीका प्रजिअ बलदेव गौतमले कर्मचारीले कामका नाममा बढी रकम माग्दा निरुत्साहन गर्न सेवाग्राहीसँग आग्रह गरे । 
 
कार्यपत्र प्रस्तुत गर्दै आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालले स्थानीय निकायमा जनप्रतिनिधि नभएको र आयोजनाको नियमित अनुगमन नभएका कारण भ्रष्टाचार बढेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ