arrow

धोनीले छोडे एक दिवसीय र टी–२० को कप्तानी पनि

खेलाडीका रुपमा भने रहिरहने

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
dhoni.gif
राँची । भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीले एक दिवसीय र टी–२० को कप्तानी पनि छाडेका छन् । दुई वर्षअघि टेष्ट क्रिकेटको कप्तानी छाडेका धोनीले बुधबार सबै खाले फम्र्याटको क्रिकेट कप्तानीबाट सन्यास लिएका हुन् । 
 
उनले एक दिवसीय र टी–२० भने खेलिरहने जनाएका छन् । उनले अहिले कप्तानी छाड्नु नै आफ्नो उत्तम समय रहेको बताएका छन् ।
 
शुक्रबार इङल्याण्डविरुद्धको एक दिवसीय श्रृंखलाको छनोट हुँदैछ । धोनीले ११० एक दिवसीयमा कप्तानी गर्दै भारतलाई जिताएको कीर्तिमान रचेका छन् । धोनीकै कप्तानीमा भारतले ४१ टी–२० जितेको छ । 
 
२७ टेष्ट जिताएका धोनीले सन् २००९ मा भारतलाई टेष्टको नम्बर एक टिम बनाएका थिए । अहिले भने विराट कोहलीले भारतलाई एक नम्बरमा बनाइरहेका छन् । 
 
धोनीले एक दिवसीय विश्वकप २०११, टी–२० विश्वकप २००७ र च्याम्पियन्स ट्रफी जिताएका छन् । 
 
धोनीको निर्णयलाई भारतीय क्रिकेट लिजेन्ड कपिल देवले सकारात्मक भन्दै सबैले सलाम गर्नुपर्ने बताएका छन् । 
 
त्यस्तै धोनीले आफ्ना क्रिकेट प्रेमी र भारतीय क्रिकेट बोर्डलाई धन्यबाद दिएका छन् । 
 
धोनीले कप्तानी छाडेपछि अब हरेक फम्र्याटमा विराट कोहली छाउने पक्का छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ