arrow

कमलमणि दीक्षितको सटिक लेखन क्षमताको प्रशंसा

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
kamalmani-dikxit.jpeg
काठमाडौँ । नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पु¥याएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा शोकसभा आयोजना गरिएको छ । मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा उनको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण गरियो । 
 
अभिभावकले आफूलाई खाजाका लागि दिएको पैसाले किताब किनेर नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका दीक्षितले मदन पुस्तकालय र मदन पुरस्कार गुठी स्थापना गरेका थिए । शोकसभामा नेपाल प्रज्ञा¬–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउनुहुने दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता रहेको बताए । 
 
प्रा डा कुमार कोइरालाले ५० भन्दा बढी पुस्तकका सर्जक दीक्षितले नेपाली भाषासाहित्यका अतिरिक्त शैक्षिक उन्नयनमा पनि ठूलो योगदान पु¥याएको उल्लेख गरे । आयोजक संस्था पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, डा केदार न्यौपाने, मनमोहन भट्टराई, भीमशङ्कर भण्डारी, डा मधुसूदन लामिछाने, मुकुन्दराज सत्याल लगायत साहित्यकार र समालोचकले दीक्षितको निधनबाट नेपाली भाषासाहित्यका लागि अपूरणीय क्षति पुगेको छ भने ।
 
साहित्यकार दीक्षितको एक साताअघि निधन भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ