arrow

प्रदेशको सीमाना हेरफेर नेपालीको माग होइन, बलजफ्ती गरे जवाफ कडा हुन्छ : ओली

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
UML-Press-meet-1.jpg.jpeg

काठमाडौ‌  । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमाना हेरफेरको माग नेपालीको माग नभएको बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा शुक्रबार एमालेसहित नौ दलले काठमाडौैँमा गर्ने जनप्रदर्शनबारे जानकारी दिन प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले सो संविधान संशोधन विधेयक ल्याएको आरोप लगाए ।

‘संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोेजित माग यसमा छन् । त्यो माग समस्या समाधानमा भन्दा पनि समस्या बल्झाउने प्रकारको छ, ओलीले भन्नुभयो, ‘संविधानको कार्यान्वयनका लागि विभिन्न तहको निर्वाचन गराउनु यतिबेलाको आवश्यकता हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय, समानता, सद्भाव तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा सम्झौता हुन सक्दैन भन्दै साम्प्रदायिक विद्वेष, क्षेत्रीय तथा जातीय विद्वष आजको आधुनिक नेपालमा स्वीकार्य नहुने उल्लेख गरे ।
यस्तै, ओलीले संशोधन विधेयक फिर्ता नलिए अबको व्यवस्थापिका संसद बैठक पनि अवरुद्ध हुने संकेत गरे । सर्वोच्चको आदेशले एमालेको अडान पुष्टि गरेको भन्दै ओलीले संशोधन प्रस्ताव फिर्ता लिनु नै अनुकूल बाटो भएको तर्क गरे ।

२४ गतेको बैठकमा चल्ने वा नचल्ने सन्दर्भमा कुरा गर्दै ओलीले आफुहरुलाई संसद अवरुद्ध गर्ने चाहाना नरेको सुनाए । अब सर्वोच्चले नै यो संशोधन अघि बढाउन नमिल्ने भनेपछि उठिरहनु आवश्यक हुँदैन भन्दै उनले भने, ‘सरकारले जबरजस्ती गरे त्यसको जवाफ कडा हुनसक्छ ।’ यस्तै, ओलीले आफुहरुले मुद्दा नहालेको बताए । आफुहरुको विश्लेषण नै सही भएको भन्दै अध्यक्ष ओलीले संविधान संशोधनको विधेयक पारिक हुन नदिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ