arrow

संविधान संशोधन अघि बढाउन सत्ताधारी र मोर्चा सहमत

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
news-meet-baluwtar.jpeg

काठमाडौं । सत्ताधारी काँग्रेस, माओवादी र मधेशी मोर्चाबीच संसदको कार्यसूचीमा रहेको संविधान संशोधन विधेयकलाई अघि बढाउने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्ष निकालेको छ ।

बैठकले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई मधेशी मोर्चाले समर्थन गर्ने, सरकारले प्रस्ताव अघि बढाउन नेतृत्व लिने, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन बुझेर छिटै निर्वाचनको प्रक्रियामा अघि बढ्ने समझदारी भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ