arrow

फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउदै झापा फाइनलमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष २१ बिहिबार
phidim-spoting-club.jpg.jpeg
पाँचथर । विर्तामोड यूनाइटेड झापाले पाँचथरको फिदिममा जारी आठौँ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइलन यात्रा तय गरेको छ ।बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोटिङ क्लव फिदिमलाई ६—० को फराकिलो गोल अन्तरले पराजित गर्दे अन्तिम दुईको यात्रा तय गरेको हो ।
 
झापालाई जिताउन पहिलो हाफको र दोस्रो हाफको दुई मिनेटमा विकेश लिम्वुले दुई गोल,कर्ण लिम्वूले पहिलो हाफको १२ औ मिनेटमा,देवेन्द्र तामाङले खेलको पहिलो हाफको २८ औ मिनेटमा गोल गरेका थिए ।यस्तै झापाकै तर्फबाट दोस्रो हाफको २५ औ मिनेटमा बुद्ध चेम्जोङ र २८ औ मिनेटमा योगेश गुरुङले एक एक गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल पर्दशन गरेका झापाका योगश नै आजको खेलको म्यान अफ दि म्याच समेत घोषित भए । जवाफमा फिदिमले एक गोल पनि फर्काउन सकेन् ।
 
 प्रतियोगिता अन्र्तगत भोली हुने अन्तिम सेमिफाइनल खेल गत वर्षको डिफेन्डिङ च्याम्पियन कर्ण सिहं सोनाम स्मृति क्लव ताप्लेजुङ र इलाभेन एरोज क्लव दुहबी सुनसरी वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।नेपाल,भारत र भुटानका गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैया र उपविजेताले १ लाख ७५ हजार रुपैया हातपार्ने छन् । फाइनल खेल आगामी पौष २४ गते हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ