arrow

वनरक्षक शाही ‘राष्ट्र सेवक शहीद’, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
mantri-parisad-news.jpeg

काठमाडौं । ताप्लेजुङ्गमा हत्या भएका वनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गरी सरकारले परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई राष्ट्र सेवक शहीद घोषणा गरेको   सरकारका प्रवक्ता संचारमन्त्री मन्त्री सुरेन्द्र कार्कीले बताए । ‘कार्यक्षेत्रमा खटेको समयमा हत्या भएकाले शाहीलाई प्रकृयानुसार शहीद घोषणा गर्ने निर्णय भएको छ’ –कार्कीले भने ।

शहीद घोषणाको सिफारिस
ताप्लेजुङमा गएको हप्ता खुकुरी प्रहार गरी हत्या गरिएका वनरक्षक गणेश शाहीलाई ‘राष्ट्रसेवक सहिद’ घोषणा गर्न प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको अध्यक्षतामा वुधबार बसेको सर्वपक्षीय बैठकले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

बैठकले मृतक शाहीकी श्रीमती पवित्रालाई सरकारी जागिरका लागि जिल्ला वन कार्यालय ताप्लेजुङले पहल गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र दोषीलालई हदैसम्मको कारबाहीका लागि पनि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

जाजरकोट घर भएका शाही ताप्लेजुङको खोक्लिङ इलाका वन कार्यालयमा कार्यर दिए । शाहीलाई गएको आइतबार सामुदायिक र निजी वनको झगडा मिलाउनेक्रममा स्थानीय सविन भन्ने टेकप्रसाद लिम्बुले खुकुरी प्रहार गरेका थिए ।
लिम्बुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

शाहीको अन्त्येष्टी
शाहीको विहीबार ताप्लेजुङमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि शाहीको शव श्रद्धाञ्जलिका लागि जिल्ला वन कार्यालयमा राखिएको थियो । शाहीलाई पूर्व क्षेत्रीय वन कार्यालयका प्रमुख राजेन्द्र काफ्ले र प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्कालगायतले श्रद्धान्जलि दिए ।
अन्त्येष्टीकै क्रममा शाहीको परिवारका लागि देशभरका वन कर्मचारीको एकदिनको तलब बराबरको रकम करिब ४० लाख रुपैयाँ संकलन भएको जानकारी दिइयो ।

मन्त्रिपरिषद्का अन्य निर्णय
मन्त्रिपरिषद बैठकले तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री सुरेन्द्र कार्कीले बताए ।

बैठकले सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्ब २८ करोड ऋण स्वीकार गर्ने निर्णय समेत गरेको छ । बैठकले बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको कार्कीले बताए ।

त्यस्तै, खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ