arrow

हेटौंडामा गैरकानुनी घर भत्काउने भएपछि मन्त्री कहाँ हारगुहार

काँग्रेस सभापति देउवाले भने 'शहरकाे सुन्दरताप्रति म गम्भीर छु'

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
Hetauda_Bazaar.jpeg
काठमाडौं । हेटांडामा कानून विपरित निर्माण गरिएका भौतिक संरचनाहरु भत्काउने सरकारी निर्णय विरुद्ध मकवानपुर उद्योग वाणिज्य संघ सम्मिलित टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग गुहार मागेको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय, हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन १५ दिने सूचना जारी गरेपछि उद्योग वाणिज्य महासंघको नेतृत्व मन्त्रीसँग गुहार माग्न आएको हो ।  
 
उनीहरुले मन्त्री लेखकसँग हेटौडा बजार क्षेत्रका घरधनी उत्तः सूचनाबाट त्रसित रहेकोले यसको निकासका लागि मन्त्री लेखकसँग आग्रह गरेको थिए । मन्त्री लेखकलाई स्थानीय राजनैतिक दल, स्थानीय सरकारी कार्यालयहरुसँग गरेको यसभन्दा अघिका वार्ता, सम्झौताको विषयमा समेत छलफल गरेको उद्योग वाणिज्य संघले जनाएको छ । 
 
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल हेटौडा बजारमा सडक विस्तारको विषयले आतंकित रहेकोले सरकारको तर्फबाट ठोस निकास निकाल्न आग्रह गरेका थिए । भेटका अवसरमा मन्त्री लेखकले यस विषयमा वास्तविकता बुझ्ने र जनतालाई राहत दिने तर्फ अघि बढ्ने बताएका छन् । अर्को प्रसङ्गमा मन्त्री लेखकलेसडक विस्तारमा मन्त्रालयसँग कार्यदल समेत रहेकोले यस विषयमा सो कार्यदलको प्रतिवेदन समेत माग्ने आश्वासन दिएका थिए । मन्त्री लेखकले १५ दिने सूचना पर्याप्त नभएको भन्दै यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्ने पनि बताएका थिए । 
 
भेटका अवसरमा राजनैतिक दलका प्रतिनिधिहरुले आफूहरु विकास विरोधी नरहेको तर प्रभावितहरुलाई उचित क्षतिपूर्ति दिनु पर्ने आफूहरुको धारणा रहेको बताएका थिए । यसै गरी संघको टोलीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग पनि भेट गरेको छ । भेटका अवसरमा सभापति देउवाले बजारको सुन्दरता जोगाउन आफू समेत गम्भीर रहेको बताए । 
 
यस विषयमा सम्बन्धित निकायसँग आफूले छलफल गर्ने र हेटौंडाबासीलाई आतंकित नहुन समेत आग्रह गरेका थिए । सभापति देउवासँगको भेटमा संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष लवशेर विष्ट, अरुण रायमाझी लगायतको सहभागिता रहेको थियो ।
 
सडक विस्तारको विषयमा छलफल गर्न पर्यटन राज्यमन्त्री माननीय इन्द्र बानियाँ, माननीय डिना उपाध्याय, माननीय अनन्त पौडेल, मदन अमात्य, उदय शमशेर, राजाराम स्यांगतान, सुवास ठकुरी, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, नेकपा मालेका जिल्ला सचिव भीमसेन महत, नेकाँ पूर्व जिल्ला सभापति रामचन्द्र अर्याल, नेका ३ नं क्षेत्रीय सभापति तारानाथ चौलागाई, नेका, महिला सभापति लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ