arrow

एमाले संसद खोल्नेमा देउवा विश्वस्त

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
sher-bahadur-deuba.jpeg

दमौली । काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी एमालेले संसद खुल्न दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । छैठौँ तनहुँ महोत्सवको दमौलीमा उद्घाटन गर्दै देउवाको २०७४ माघ ७ भित्रै तीनवटै चुनाव हुन नसके मुलुक गम्भीर सङ्कटमा फस्ने भएकाले सबै नेपाली जनता त्यसतर्फ सचेत भई चुनावको वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले स्थानीय निकाय, प्रान्तिय सभा र संसदको चुनाव हुन सकेमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताए । देउवाले देशमा स्थायी शान्ति भए नेपाललाई दक्षिण एशियाकै धनी देश बनाउन सकिने जिकिर गरे ।

यस्तै, सभापति देउवाले कार्यकर्ता भेटघाटका क्रममा स्थानीय निर्वाचनका लागि जुट्न निर्देशन दिए । मधेसी मोर्चाको मागलाई सम्बोधन हुने गरी ल्याइएको संविधान संशोधन विधेयकलाई सफल गराएरै छाडने देउवाको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ