arrow

भारतीय थिंक ट्यांकको निष्कर्ष– ‘नेपाल चीनसँग नजिक भयो’

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
Nepal-India-and-chaina-flag.jpeg
काठमाडौं । भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ ।
 
भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख छ ।
 
संस्थाका मूख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् । अध्ययन प्रतिवेदन बुधबार मात्र सार्वजनिक गरिएको हो । 
 
संस्थामा सिनियर फेलको रुपमा कार्यरत जयश्री सेन गुप्ताले तयार पारेको प्रतिवेदनमा सार्क मुलुकहरुमध्ये पनि विशेषगरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ ।
 
आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिरहेको छ ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ