arrow

भारतीय चर्चित कलाकार ओम पुरीको निधन

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
OmPuri_hamrakura.jpeg
काठमाडौं। भारतीय चलचित्र उद्योग बलिउडका चर्चित कलाकार ओम पुरीको निधन भएको छ। शुक्रबार बिहान उनको आफ्नै निवासमा ह्रदयघातका कारण मृत्यु भएको हो। 
 
भारतीय चलचित्र लगायत हलिउड र बेलायतका चलचित्रमा पनि अभिनय गरेका पुरीको निधनले चलचित्र जगत शोकमा डुबेको छ। उनको आत्माको चिर शान्तीकालागि कलाकार देखि सर्वसाधारणसम्मेले समाजिक संजालहरुमा श्रद्धान्जली दिरहेका छन्। 
 
सन् १९५०मा जन्मेका पुरीको ६६ बर्षमा मृत्यु भएको हो। उनी भारतको उच्च सम्मान पद्मश्रीबाट सम्मानित भएका कलाकार हुन्। उनकी पत्नी नन्दिता पुरी जोसँग उनको सन् २०१३मा छोडपत्र भएको थियो भने उनका एक पुत्र रहेका छन्। 
 
सन् १९७२बाट चलचित्रमा अभिनय शुरु गरेका पुरीले बिभिन्न भाषाका चलचित्रहरुमा अभिनय गरेका थिए। उनले मराठी चलचित्र 'घासीराम कोतवाल' बाट आफ्नो चलचित्र यात्राको शुरुवात गरेका थिए। 
उनको आफ्नै निजी थिएटर समूह ‘मजमा’ थियो । अनुहारले त्यति साथ नदिए पनि उनी अभिनय, आवाज र डाइलगका कारण चिनिन्थे । 
 
सन् १९८० मा आएको भवई, आक्रोश, सन् १९८२ मा आएको अर्धसत्य तथा ढिस्को डान्सर, १९८६ मा आएको मिर्च मसला, १९९२ मा आएको धारावी चलभित्र निकै राम्रामा गनिन्छन् । 
 
त्यस्तै सन् १९९६ मा आएको घायल, माचिसलाई निकै राम्रो मानिन्छ । माचिसमा ओम पुरीले बोलेको डाइलग ‘आधों को ४७ से नील लिया और आधोंको ८४ ने’ निकै चर्चित थियो । 
 
ओम पुरीका जाने भी दो यारो, हेराफेरी, चाची ४२०, मालामाल वीकली, सिंग इज किंग, बिल्लू, मकबूल पनि सम्झनयोग्य भूमिका मानिन्छन् । 
 
ओम पुरीको निधनले पूरै स्तव्ध भएको भन्दै अनुपम खेरले ४३ वर्षदेखिको चिनजानले एक घनिष्ट मित्र गुमाएको भन्दै उनको योगदानको चर्चा विश्वले नै गर्नुपर्ने समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै बताएका छन् । 
 
त्यस्तै सवाना आजमीले उनीसंग राम्रो दोस्ती रहेकाले निधनले स्तव्ध बनाएको बताएकी छिन् । 
 
मधुर भण्डारकरले मृत्युबारे विश्वास गर्न नै नसकेको प्रतिक्रिया दिएका छन् । त्यस्तै डेविड धवनले मृत्युको खवरले ठूलो धक्का लागेको बताएका छन् ।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ