arrow

२४ घण्टे स्पष्टीकरण पत्र बुझ्दै ज्ञवालीले भने ‘तोकिएको समयभित्रै जवाफ दिन्छु’

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
susil-gyawali.jpeg
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारले सोधेको दोस्रो स्पष्टीकरण पनि तोकिएको मितिमा नै बुझाउने बताएका छन् ।
 
शुक्रबार हाम्राकुरासँग कुराकानी गर्दै सिईओ ज्ञवालीले भने ‘नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुन: स्पष्टीकरण पेश गर्न भनी पत्र प्राप्त भएको छ । मैले यसअघिको स्पष्टीकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीहरुकाबीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारहरुका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधि भित्र थप स्पष्ट पार्ने छु ।'
 
बिहीबारको मन्त्रिपरिषद्को बैठकले ‘तपाईँलाई बर्खास्त किन नगर्ने ?’ भनेर २४ घण्टाभित्र जवाफ दिन भन्दै पत्र पठाएको थियो । तर सो पत्र सिइओ ज्ञवालीले शुक्रबार ११ ३० बजे मात्रै आफूलाई प्राप्त भएको बताएका छन् । उनले सरकारले तोकेकै समयत्रि स्पष्टीकरण दिने पनि जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ