arrow

स्वास्थ्य मन्त्री थापा र रक्षामन्त्री खाँड एकैपटक किन पुगे सैनिक अस्पताल ?

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
Army_Gagan_Khad.jpeg
काठमाडौं । स्वास्थ्यमन्त्री गगन कुमार थापा तथा रक्षा मन्त्री बालकृष्ण खाँडले एकै पटक सैनिक अस्पतालहरुको निरीक्षण गरेका छन् । सैनिक अस्पतालहरुमा सर्वसाधारणहरुलाई पनि खुल्ला गर्ने घोषणा गरेको केही सातामा गगनथापा सैनिक अस्पतालको निरीक्षणको लागि पुगेका हुन् । बिहीबार  मन्त्री थापाले नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 
त्यस्तै रक्षा मन्त्री खाणले भण्डारखालस्थित श्री नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको समेत निरीक्षण भ्रमण गरेका थिए ।  स्थलगत निरीक्षणको क्रममा मन्त्री खाँणले वीरेन्द्र अस्पताल तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको बस्तुस्थितिबारे जानकारी लिएका थिए । यसअघि सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा.श्री किशोर जंग राणाले नेपाली सेनाले स्वास्थ्य सेवा सम्बन्धी गरिरहेको कार्यहरु तथा योगदानको बारेमा प्रस्तुतिकरण गरेका थिए । 
 
त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक उपरथी डा.श्री बच्चुराम के.सी.ले स्वास्थ्य शिक्षा क्षेत्रमा नेपाली सेनाले गरिरहेको कार्यहरुको बारेमा मन्त्रीहरुलाई प्रस्तुतीकरण गरेका थिए । यस प्रकारको उच्चस्तरीय भ्रमणबाट नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यमा प्रोत्साहन मिल्न गई हौसलाको साथ कार्य गर्न थप ऊर्जा मिल्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 
भ्रमण दलमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री श्रीधर सापकोटा, नेपाली सेनाका रथी तथा अधिकृतहरुको समेत सहभागिता रहेको  थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ