arrow

७७ जनाले गराए मृगौला परिक्षण

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
mrigaula-parikchayan.jpeg
म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार आयोजना गरेको निशुल्क मृगौला परिक्षण शिविरमा ७७ जनाले आफ्नो मृगौला परिक्षण गरेका छन् । हरेक नेपालीको मृगौला परिक्षण गर्ने स्वास्थ्य मन्त्रालयको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसँग सहकार्य गरेर युनियनले एकदिने शिविर आयोजना गरेको हो । शिविरमा ४० जना पत्रकार-सञ्चारकर्मी र ३७ जना सर्वसाधारण गरि ७७ जनाले मृगौला परिक्षण गरेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिए । 
 
सभापति छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमबीर गर्बुजाले स्वास्थ्य मन्त्रालयको अभियान सकरात्मक भएको भन्दै त्यसको प्रचारप्रसारका लागि युनियनको कदमको प्रशंसा गरे । उनले यस्ता अभियानलाई गाउँ–गाउँमा सञ्चालन गर्न अस्पताललाई सुझाब समेत दिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा. कृत्तिका कँडेलले अब हरेक सर्वसाधारणको निशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएको बताईन् । विभिन्न गाविसका सञ्चालन गर्ने शिविरमा पनि यो सुविधालाई समावेश गर्ने भन्दै उनले त्यसको प्रचारप्रसारमा सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने जानकारी दिईन् ।
 
 कार्यक्रममा अस्पतालका प्रमुख ल्याब टेक्नोलोजिष्ट सञ्जोग तिमिल्सिनाले परिवर्तित जीवनशैलीका कारण मृगौलाको जोखिम बढ्दै गएको बताए । मृगौलाको खराब हुदै गरेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न सकिने भन्दै उनले बर्षको दुईपटक मृगौला परिक्षण गराउने उनले सबैमा आग्रह गरे । सोही कार्यक्रममा प्रेस युनियन स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत बर्षका लागि तयार गरिएको विशेष ‘पिन’ कार्यक्रमका प्रमुख अतिथि गर्बुजाले युनियनका जिल्ला सभापति छन्त्याललाई प्रदान गरेका थिए । युनियनका जिल्ला सचिब निर्मल खत्रीले सञ्चालन गरेको कार्यक्रममा जिल्लास्थित पत्रकार÷सञ्चारकर्मी र नेपाली काँग्रेसका पदाधिकारीको सहभागिता थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ