arrow

राजधानीमा एमालेसहित नौ दलको शक्ति प्रदर्शन

अस्तव्यस्त ट्राफिक व्यवस्थापनले राजधानीबासी मर्कामा

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
Shakti_Pradarshan.jpeg
काठमाडौं । एमाले लगायत विभिन्न नौ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा पहिलेदेखि नै विरोध गर्दै संसद् अवरुद्ध गर्दै आएको विपक्षी दलले सरकारलाई थप दबाब दिनको लागि शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेको हो । 
 
शत्तिः प्रदर्शनमा सहभागी हुनका लागि शुक्रबार विहान राजधानी भित्र तथा बाहिरबाट समेत विभिन्न दलका नेता तथा कार्यकर्ताहरु राजधानी आएका थिए । कार्यक्रममा कार्यकर्ताका अलावा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरु पनि संलग्न रहेका छन् । विभिन्न दलका कार्यकर्ता एवं पेशागत संगठनका प्रतिनिधिहरुले राजधानीका विभिन्न ४० ठाउँबाट र्‍याली निकालेर रत्नपार्कमा भेला भएका थिए । 
 
दिउँसो ३ बजे एमाले अध्यक्ष केपी ओली सहित विभिन्न दलका नेताहरुले संम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनका लागि नेता तथा कार्यकर्ताहरु विहान १० बजेदेखि नै राजधानीका विभिन्न स्थानमा भेला भएर प्रदर्शन सुरु गरेका थिए । 
 
उनीहरुले ‘लम्पसारवाद मूर्दावाद’, संविधान संशोधन होईन कार्यान्वयन गर’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । उनीहरुको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन भने विहानैदेखि अस्तव्यस्त बनेको थियो । एमाले लगायतका नौ दलले डेढ लाख कार्यकर्ता सडकमा उतार्ने बताएको छ । 
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ