arrow

जागिर खोज्दै हुनुहुन्छ ? आफूमा यी १० क्षमता विकास गर्नूस्

२०२० सम्ममा चाप्लुसी गर्नेहरुको दिन सकिएर क्षमतावान्हरुको दिन आउने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ पुष २२ शुक्रबार
JOBHOLDER.jpeg
काठमाडौं । विश्वका एकाध बाहेक बहुसंख्यक मानिसहरु आफ्नो क्षमता बढाउने भनेकै विशेषगरी राम्रो जागिर प्राप्त गर्न र धेरै भन्दा धेरै पैसा कमाउनको लागि हो भन्ने सोच्छन् । हुनपनि धेरैको चाहाना नै बढी बन्दा बढी पैसा कमाएर सुखी जीवन विताउनु हुन्छ । तर, सोचेको र चाहे जस्तो सफलता भने थोरै मानिसलाई मात्रै प्राप्त भईरहेको हुन्छ । 
 
तर किन त ? एउटै कम्पनीमा सँगैको साथीले अधिकृत तहको काम पाउँदा उही साथीले तल्लो तहको काम पनि पाईरहेको हुन्छ किन त ? एउटै उत्तर छ उसले आफ्नो क्ष्मतामा विकास ग¥यो अर्काेले सकेन । यही विषयमा एउटा अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको प्रतिवेदनले कामदार खोज्ने कम्पनीहरुले कामदारको कस्तो व्यवहार वा क्षमतालाई राम्रो मान्ने गरेका छन् भन्ने विषय खोजी गरेको छ । 
 
विश्व आर्थिक मञ्चले ‘भविष्यका रोजगारीहरु’ नामक विषयमा गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले विभिन्न १० विधा दिएर त्यस्ता विषयमा क्षमता भएकाहरुको लागि मात्रै आगामी दिनहरुमा रोजगारीको सम्भावना रहेको बाँकीले आफूलाई सोही अनुरुप नबदल्ने हो भने रोजगारीको दुनियाँबाट टाढा समेत हुनसक्ने चेतावनी दिएको छ । 
 
उक्त प्रतिवेदनले औल्याएको रोजगारीका लागि आवश्यक पर्ने १० क्षमताहरु यस्ता छन् । 
 
१. जटिल समस्या समाधान गर्न सक्नेखालका
प्रतिवेदनले कामदारमा पहिलो आवश्यकता रोजगारी खोज्नेहरुमा जटिल समस्या समाधान गर्न सक्ने खालको हुनु आवश्यक रहेको बताएको छ । आफू कुन क्षेत्रमा काम गर्ने हो त्यस क्षेत्रमा आउने
 समस्या र त्यसका सम्भावित समाधानका विषयमा कामदार पहिले नै चनाखो भएमात्रै उ रोजगारीको लागि योग्य बन्ने उक्त प्रतिवेदनले औल्याएको छ । 
 
२. आलोचनात्मक सोचाई
कुनैपनि व्यक्ति आलोचनात्मक रुपमा कुनै कुरालाई सोच्न सक्नेभए मात्रै अबको विश्वमा रोजगारी पाउन सक्ने प्रतिवेदनले औल्याएको छ । अब कुनैपनि व्यक्तिले कसैको चाप्लुसी गर्ने र नराम्रोलाई पनि राम्रो देख्ने प्रवृत्तिबाट रोजगारीमा टिकिराख्ने दिन सकिएको उक्त प्रतिवेदनको ठहर छ ।  
 
३ सिर्जनशीलता 
अबको विश्वले जुनसुकै कामको लागि पनि सिर्जनात्मक रुपमा आफ्नो दिमाग चलाउन सक्ने खालका मानिसलाई मात्रै प्रवेश दिने भएकोले अब जुन क्षेत्रमा आफ्नो चासो रहेको छ त्यस्तो क्षेत्रमा सिर्जनात्मक जनशक्ति आवश्यक पर्ने उक्त अध्ययनले देखाएको छ । 
 
४ जनशक्ति व्यवस्थापन 
यो काम विशेषगरी माथिल्लो तहका मानिसमा लागू हुनुपर्नै हो तर, सानो पदका मानिसहरुपनि जनशत्तिः व्यवस्थापन गर्न सक्षम छन् भने उनीहरु आफू पनि व्यवस्थापन हुन सहजै सक्ने हुँदा जुनसुकै पदका व्यक्ति पनि जनशक्ति व्यवस्थापनको क्षमता सबै खालका कर्मचारीहरुमा आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ । 
 
५.अरुसँग सहकार्य गर्न सिपालु 
सधैं घोस्सिने र अरुसँग केही पनि कुरा नगर्नेहरुको लागि अबको विश्व्मा रोजगारीको घोका विरलै खुल्ने प्रतिवेदनको ठहर रहेको छ । कुनैपनि कामदार खोज्दा अबको केही वर्ष भित्रै कम्पनीले सबैसँग सहकार्य गरेर अघिबढ्न सक्नेहरुको लागि मात्रै रोजाईमा पर्ने प्रतिवेदनले दाबी गरेको छ ।
 
६. भावनात्मक र तीक्ष्ण बुद्धिको 
कुनैपनि व्यक्ति कठोर प्रवृत्तिको छ भने जमाना परिवर्तन भईसकेको छ । अब कठोर प्रवृत्तिका व्यक्तिहरुलाई मन पराउने दिन सकिन लागेको छ । अब भनेको मान्छेले कोमल र भावनात्मक सोचाई र तीक्ष्ण बुद्धि भएका कामदारहरुको खोजीगर्ने गरेका छन् ।
 
७. राम्रो नराम्रो छुट्याउन सक्ने क्षमता र निर्णय क्षमता 
निर्णय क्षमता उच्च भएका व्यक्तिहरु बढी खोज्ने भएकोले अबका कामदारहरुले  राम्रो नराम्रो के हो भन्ने निर्णय गर्ने क्ष्मता पनि आफूमा विकास गर्न प्रतिवेदनले सुझाव दिएको छ ।  
 
८. सेवा अभिमुखीकरण 
कुनैपनि कामको विषयमा तालिम तथा अभिमुखीकरण नलिएका व्यक्तिहरु पनि अब रोजगाीको लागि योग्य नहुने तथ्य उक्त प्रतिवेदनले औल्याएको छ । सेवा वा कामको विषयमा तालिम लिएकाहरुलाई नै बढी खोजी हुने भएकोले आफूले रोज्ने क्षेत्रको विषयमा राम्रो अनुभव लिएर बस्न पनि उसले सबैमा सुझाव दिएको छ । 
 
९. सम्झौता गर्न सक्ने 
कुनैपनि कामदारले एउटा सामान्य विषयमा चित्त नबुझेको खण्डमा कामै छाडेर हिँड्ने प्रर्वत्ति छ भने त्यस्तो व्यवहार तत्काल सुधार्न अनुसन्धानकर्ताले सुझाव दिएका छन् । उनीहरूले गरेको अध्ययनले अबको विश्व सन् २०२० सम्ममा सामाजिक सौदाबाजीको आधारमा काम गर्ने कामदारहरु मात्रै रोजगारदाताहरुको रोजाईमा पर्ने गरेको छ ।    
 
१०. लचकता 
कुनैपनि व्यक्ति जुनसुकै कुरामा पनि लचक बन्न सकेको खण्डमा मात्रै उ सबैतिर विक्नसक्ने खालको हुन्छ । किनभने विश्व अहिले सबै विषयमा जानकारी भएको र जस्तो सुकै काम परे पनि गर्न सक्ने जनशक्तिको मात्रै खोजीमा रहेको छ । 
 
त्यसैले उक्त प्रतिवेदनले अबको रोजगारी खोज्ने जनशक्तिले माथि उल्लेखित शर्त तथा क्षमताहरु पूरा गरेको खण्डमा मात्रै उ अहिलेको विश्वमारोजगारीको लागि योग्य ठहरिने बताईएको छ । 
 
२०१५ सम्म भिन्दै थियो विश्वको माग 
  
त्यसो त यही अध्ययनले केही वर्ष अगाडि २०१५ सम्मको लागि भनेर गरेको अध्ययनले भने केही विषयमा भिन्न क्षमताको विस्तार गर्न सुझाव दिएको थियो । त्यतिबेला गरिएको अध्ययनले पहिलोदेखि १० औं सम्म क्रमशः ‘जटिल समस्या समाधान गर्न सक्ने, अरुसँग सहकार्य गर्न सिपालु, जनशक्ति व्यवस्थापन, आलोचनात्मक सोचाई, सम्झौता गर्न सक्ने, सम्बन्धित विषयमा योग्यता पुगेको, सेवा अभिमुखीकरण, राम्रो नराम्रो छुट्याउन सक्ने क्षमता र निर्णय क्षमता, काम प्रति ध्यान दिने खालको र सिर्जनशील व्यक्ति हुनुपर्नै आवश्यकता देखाईएको थियो । 
 
२०१५ र २०२० मा विश्वले कस्ता क्षमता भएका व्यक्तिहरु खोजी रहेको छ ? भन्ने विषयमा तल तालिकामा प्रस्तुत गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ