arrow

सुन तस्करीको विषयमा छानविन गर्न ५ सदस्यीय समिति गठन

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
TIA-custom-1.jpg.jpeg
काठमाडौं । भन्सार विभागले ठूलो मात्रामा अबैध सुनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट समात्न नसकेर बाहिर आएपछि प्रहरीले बरामद गरेको घटना छानविन गर्न समिति गठन गरेको छ । शुक्रबार भन्सार विभागमा बसेको बैठकले विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको विभागका प्रवक्ता एवं समितिका सदस्य कूलराज ज्ञवालीले जानकारी दिए । 
 
समितिमा दाहाल र ज्ञवाली बाहेक निर्देशक टंक पाण्डे, अर्थमन्त्रालयका कानून उपसचिव श्री लाल पौडेल र पुण्य विक्रम खड्का रहेकोे ज्ञवालीले जानकारी दिए । खड्कालाई सदस्यसचिवको जिम्मेवारी तोकिएको छ । 
 
समितिले अबैध सुन पास गर्ने सवालमा कर्मचारीको संलग्नता रहेनरहेको, त्यस्ता कमजोरीका कुनै सिस्टमको कमि भएको या त कर्मचारीहरुको लापरबाही नै मुख्य रहेको हो भन्ने लगायतका विषयमा अध्ययन गरेर यथासक्य चाँडो प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ । 
 
समितिले सुझाव दिए अनुसार कर्मचारीको गल्ती भए त्यस्ता कर्मचारीलाई कारबाही गर्ने र सिस्टम सुधार गर्नुपर्ने भए तत्काल सिस्टम सुधार गर्न पहल सुरु गर्ने विभागले जनाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ