arrow

बावुको कारण भएन करीनासँग मेरो विवाह : मुख्यमन्त्री अखिलेश

करीनासँग विवाह गर्न चाहन्थे अखिलेश

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
golden-temple-16.jpeg
एजेन्सी । बलिउड अभिनेत्री करीना कपुरले विवाह गरेको ४ बर्ष बिति सकेको छ । उनले सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी हुन् । सैफ-करीनाको हालै सन्तान भएको छ । 
 
करिनालाई सैफ बाहेक लाखौ करोडौ मानिसले चाहन्छन् । उनलाई  चाहनेमा एक मुख्यमन्त्री थपिएका छन् । उनी हुन् उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव । यादवले हालै एक  अन्तरवार्तामा आफुले करीनालाई विवाह गर्न चाहेको बताएका छन् । साथै उनले आफू करिनाको ठूलो फ्यान भएको उल्लेख गरेका छन् । 
 
उनले भनेका छन् -' यदि मेरा बुवा समाजवादी पार्टीमा मुखिया मुलायम सिंह यादवले करीनासँग विवाह गर्न अनुमति  दिएका भए करीनासँग मेरो विवाह हुन्थ्यो ।' उनले सन् १९९९ मा डिम्पल यादवसँग विवाह गरेका थिए । डिम्पल यादव  समाजवादी पार्टीबाट केन्द्रिय सदस्य हुन् । अखिलेशका दुई छोरी र एक छोरा छन् । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ