arrow

फाल्गुनन्द गोल्डकप :सुनसरीलाई हराँउदै ताप्लेजुङ फाइनलमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष २२ शुक्रबार
phidim-spoting-club.jpg.jpeg
 पाँचथर ।  कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङ,पाँचथरको फिदिममा जारी आठौ टुवोर्ग फाल्गुनन्द गोल्डक फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
 
शुक्रबार भएको अन्तिम सेमिफाइन खेलमा इलाभेन एरोज क्लव दुहबी सुनसरीलाई १—० गोल अन्तरले पराजित गर्दे ताप्लेजुङले अन्तिम दुईको यात्रा तय गरेको हो ।ताप्लेजुङ लाई जिताउन पहिलो हाफको ३० औ मिनेटमा सेगुनले एक गोल गरेका थिए । अव पौष २४ हुने फाइनल खेलमा विर्तामोड यूनाइटेड क्लव झापासँग ताप्लेजुङले प्रतिस्पर्धा गर्नेछ ।
 
 शुक्रबारको खेलमा उत्कृष्ट खेल पर्दशन गरेका सुनसरीका सौजन्य राइ खेको म्यान अफ दि म्याच घोषित भए । नेपाल भारत र भुटान गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैया र उपविजेताले १ लाख ५० हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ