arrow

पत्रकारका ४ संगठनबीच 'अकोर्‍याब'मा साझा उम्मेदवारी दिने सम्झौता

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
Acorab_Aggrement.jpeg
काठमाडौं । ४ वटा पत्रकारको संस्थाहरुबीच सामुदायिक रेडियो प्रसारक संघ'अकोर्‍याब'मा साझा उम्मेदवारी दिने विषयमा सम्झौता भएको छ । शुक्रबार नेपाल प्रेस युनियन, प्रेस सेन्टर, मिडिया नेपाल र मधेशी पत्रकार समाज नेपालले यस विषयमा सम्झौता गरेका हुन् । 
 
चारवटै संस्थाका अध्यक्षहरुबीच भएको सहमतिमा अहिलेको निर्वाचनका अलावा जारी संविधान कार्यान्वयनको क्रममा प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरिने हरेक कार्यक्रमहरुमा चारवटै संस्था एक आपसमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको हो । 
 
सम्झौतापत्रमा यस पटकको संघको अधिवेशनले सामुदायिक रेडियोहरुको भविष्य निर्धारण गर्ने भएकोले साझा, समावेशी र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर किशोरजंघ थापाको नेतृत्वलाई मतदान गर्न सबै मतदाताहरुलाई आग्रग गर्ने व्यहोरा पनि उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ