arrow

युवासंघका नेतामाथि खुकुरी हान्ने पक्राउ

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
Bake-attack.jpeg
काठमाडौं । प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ। 
 
बुढाथोकी माथि पुस १४ गते कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै लक्ष्मण मल्ल सहितको समुहले  खुकुरी प्रहार गरेका थिए ।
 
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख एसएसपी धिरु बस्न्यातले घटनाको अनुसन्धानमा मल्लको संलग्नता देखिएपछि पक्राउ गरिएको बताए । 
 
उनका अनुसार घटना पछि बाँकेबाट भागेर काठमाडौं आएका मल्ललाई घटनाको अनुसन्धान समुहले पक्राउ गरेको हो। मल्ललाई  अहिले महानगरीय प्रहरी बृत बालाजुको हिरासतमा राखिएको छ।(नागरिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ