arrow

एमाले प्रजातान्त्रिक बिधि विपरित : पूर्व अर्थमन्त्री महत

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ पुष २३ शनिबार
ramsharan.JPG.jpeg
डडेल्धुरा ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेकपा एमाले प्रजातान्त्रिक बिधि बिपरित चलेको बताएका छन् । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वमन्त्री महतले संबिधान कार्यान्वयन र सबै राजनीतिक दलहरुलाई निर्वाचनमा लैजान पनि संशोधनको बिकल्प नभएको बताउदै नेकपा एमाले लगायतका दलहरुले प्रजातान्त्रिक पद्धतीको उपहास गरेको आरोप लगाएका छन । 
 
 संसदिय मान्यता राख्ने दलले संसदिय प्रकृया अनुसार आफ्ना मागहरु राख्नु पर्ने र संसदिय नियम पद्धती अनुसार नै सफल असफल गराउन मतदानको बाटो अपनाउन सुझाब दिदै हल्का नाराबाट सस्तो लोकप्रियता कमाउदैमा जनताले विश्वास नगर्ने बताएका छन । 
 
  नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आन्दोलनका नाममा बिपक्षिहरुले संसदिय अधिकार कुण्ठित गरेको बताउदै बैधानिक प्रकृयाबाट संबिधान संशोधनको प्रस्तावमा आउने परिणाम काँग्रेसले स्वीकार गर्ने र अरुले पनि गर्नु पर्ने जिकिर गरेका छन् । 
 
पूर्व अर्थमन्त्री महतले भने आर्थिक विकासको ऐजेण्डामा राष्ट्रले कठिन निर्णय पनि लिन सक्नु पर्ने , उत्पादन , आयआर्जनका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्ने बताउदै विपिको सपना साकार पार्न नेपाली काँग्रेसले लिएको नीति बमोजिम नै ६ अर्ब बाट ६ सय अर्बको बजेट पुर्‍याउन सफल भएकोले संबिधान कार्यान्वयनबाट देशमा स्थानीय निर्वाचन र राष्ट्रिय निर्वाचनहरु गरि आर्थिक विकासमा लाग्नु पर्ने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ