arrow

लिबाङ नगरपालिकाको तेश्रो नगर परिषद् सम्पन्न

भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला संबृद्ध हुँदैन : घर्ती

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
libangs.jpeg
लिबाङ (रोल्पा)। नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला संबृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी संगै मानवीय विकास अपरिहार्य भएको बताएका छन् ।
 
लिबाङ नगरपालिकाको तेश्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयहरुले छुट्टा छुट्टै  बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । 
 
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीहरुका वीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए । 
 
नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर के.सीले आ.व. ०७२-०७३ को यथार्थ  आय ४ करोड १३ लाख, ९४ हजार, २ सय ४६ रुपैया तथा ब्यय ३ करोड ९२ लाख, ३ हजार ९ सय, ८३ रुपैया रहेको जानकारी दिए । 
 
केसीले २०७३-०७४ को संसोधित  चालु तथा पूजिगत तर्फ आय ९ करोड ४४ लाख, ४४ हजार र ब्यय तर्फ ९ करोड ४४ लाख, ४४ हजार रहेको जानकारी दिए । यस्तै आर्थिक वर्ष ०७४-०७५ को चालु तथा पूजिगत तर्फ प्रस्तावित बजेट आय ५ करोड ५४ लाख, ७५ हजार र ब्यय तर्फ ८ करोड, ४६ लाख, ३५ हजार बिनियोजन प्रस्तुत गरे।
  
सोही अवसरमा लिबाङ नगरपालिकालाई २१ औं पुर्ण खोपयुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको छ  । कार्यक्रमका प्रमुख अतिथि घर्तीमगरले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरे।
 
यसैवीच विभिन्न क्षेत्र र तहबाट सहयोग पुर्‍ याएको भन्दै विभिन्न ब्यक्ति संघ ससंस्था र पत्रकारहरुलाई नगर सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
 
जस अन्तर्गत सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला, रासस कर्मी एवम् जूनकीरी संचार साप्ताहिकका प्रकाशक तथा सम्पादक कविता उपाध्याय, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, लिबाङ निवासी दलजित नेपाली, नवराज आचार्य, प्रेमबहादुर डाँगी, सुमन आचार्य रोल्पा समाचार राष्ट्रिय साप्ताहिक, रोल्पा रेडियो, सन स्टार युवा क्लव, सेतो गुँरास र मधुरमा युवा क्लवलाई सम्मान गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ