arrow

अकोराबमा मिश्रित परिणाम

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
ACORAB.jpg.jpeg
काठमाडौँ ।  सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)मा मिश्रित परिणाम  आएको छ ।  अलग -अलग दुई प्यानल बनाएर उम्मेद्वारी दिएकोमा दुवै प्यानलबाट पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएका छन् । जस अन्तर्गत प्रेस चौतारी निकट नेतृत्व रहेको प्यानलबाट  अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । प्रेस युनियन नेतृत्व रहेको प्यानलबाट भने बरिष्ट उपाध्यक्ष , केहि उपाध्यक्ष, महासचिव , कोषाध्यक्ष निर्वाचित भएका छन् । 
 
अकोराबको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित तीन वर्षीय कार्यकालका लागि नयाँ समिति निर्वाचित भएको छ । अध्यक्षमा सुवास खतिवडाले १ सय ४२ मत ल्याई निर्वाचित हुदा उनका प्रतिद्वन्द्वी किशोरजङ्ग थापाले १ सय ३२ मत ल्याएका थिए । कुल २ सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए । 
 
यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला)मा शशीकला दाहाल, उपाध्यक्ष (दलित) भुवन सिंह,  उपाध्यक्ष (मधेस)मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई विजय भएका छन् । सङ्घका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भए । त्यसैगरि लेखा प्रमुखमा भुमि चापागाँई  निर्वाचित भए । 
 
त्यस्तै सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक विजय भए । 
 
त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भए ।  
 
प्रदेश अध्यक्ष सङ्घको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । अधिवेशनको शुक्रबार सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ