arrow

निजी र सरकारी पाठ्यपुस्तक बीचको विभेद अन्त्य हुन्छः शिक्षामन्त्री पौडेल

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
news-photo.jpeg
काठमाडौँ, शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् । ‘संस्थागत सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा पनि विभेद, त्यसको अन्त्यको लागि आउँने शैक्षिकसत्रबाटै कक्षा १ र २ पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’ मन्त्री पौडेलले भने । 
 
शनिबार संवाद डबलीमा खोजी प्रकाशनले प्रकाशन  गरेका बाल साहित्यका १६ पुस्तकको लोकार्पण गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालयको पाठ्यपुस्तकमालाई बालबालिकाको मनोविज्ञानअनुसार तयार गर्न मन्त्रालयले काम अगाडि बढाएको जानकारी पनि दिए । उनले पाठ्यपुस्तक बाध्यताले नभएर रहरले पढ्ने बनाउन मन्त्रालयले पुस्तक नीति बनाएर लागु गर्न लागेको बताए । 
 
‘हामीसँग पुस्तक नीति नभएकाले कस्ता पुस्तक, कस्ता प्रकाशन प्रकाशन गर्ने र कसले वितरण गर्ने भन्ने नीति नै छैन, यसकारण अन्यौलता छ । त्यसको अन्त्य गनै पनि पुस्तक नीति बनाउनु आवश्यक छ’ मन्त्रीले भने । उनले एक गाउँ एक पुस्तकालयलाई अगाडि बढाउनु पर्ने धारणा राखे । १६ ओटा बाल साहित्य पुस्तक प्रकाशन गरेर नयाँ काम गरेको भन्दै खोजी प्रकाशनलाई मन्त्री पौडेलले धन्यवाद दिए । 
 
कार्यक्रममा डा. ध्रुब घिमिरेले सरकारले बाल साहित्यलाई बुझ्न नसकेकाले बालाबालिका जबरजस्त पाठ्यपुस्तक पढ्न बाध्य भएको बताए । साहित्य रहरले पढ्ने विषयमा भएकाले ज्ञानलाई फराकिलो बनाउने उनको धारणा थियो । प्रकाशित १६ ओटा पुस्तकहरु कक्षा १ देखि ५ सम्मका बालबालिकालाई रमाएर पढ्न बनाएको बताए । एकै प्रकाशनले एकै पटक एउटै विधाका १६ पुस्तक प्रकाशन नयाँ काम भएको डा. घिमिरेले भनाई थियो । 
 
बाल साहित्यकार ऋष्मा अधिकारीले बालबालिकाको मनोविज्ञानलाई बुझेर पठ्यपुस्तक प्रकाशन गर्न सरकारलाई सुझाव दिएकी थिइन । त्यसैगरी कलाकार विजयराज शाक्यले बाल साहित्यले बालबालिकाको ज्ञान बढाउने भन्दै पाठ्यपुस्तकमा अनिवार्य बाल साहित्यलाई समेट्नु पर्ने धारणा राखे । 
 
खोजी प्रकाशनका अध्यक्ष सुशील चालिसेले आगामी दिनमा यस्तै कृती प्रकाशन गर्दै जाने प्रतिवद्धता व्यक्त  गरेका थिए । त्यसैगरी यशु श्रेष्ठले बालबालिकाको पढ्न बानी बसाल्न अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए । उनले बाल साहित्यले बालबालिकालाई बढ्न रहर बढाउने भएकाले पाठ्यपुस्तकमा अनिवार्य गरिनु पर्ने धारणा राखे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ