arrow

व्यापारीहरुको समस्याको विषयमा अन्तर्क्रिया सम्पन्न

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
KrishnaNagar.jpeg
काठमाडौ । कृष्णनगर उद्योग वाणिज्य संघको पहलमा शनिबार कपिलबस्तुको कृष्णनगरमा अन्तर्क्रिया सम्पन्न भएको छ । संघको कार्यालयमा भएको कार्यक्रममा सुरक्षा निकाय, विभिन्न संघ संस्था, यातायात समितिहरुका प्रतिनिधि एवं व्यापारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितहरुबीच बजार ब्यवस्थापन, प्रबर्धन, शान्ति सुरक्षा, यातायात सहजीकरण, सरसफाई लगायतका बिषयमा छलफल भएको संघका सचिव लक्ष्मण भुषालले जानकारी दिए । 
 
कार्यक्रममा प्रमुख अतिथीका रुपमा सशस्त्र प्रहरी बलका डिएसपी तारिक चौधरी रहेका थिए भने इ। प्र । का। प्रमुख सन्जय रिसाल विशिष्‍ठ अतिथीको रुपमा अमन्त्रण गरिएको थियो । साथैं, कार्यत्र्ममा संस्थाका अध्यक्ष गुरु शरण सिंह, उपाध्यक्ष दिनेश गुप्ता, कोषाध्यक्ष शरद महेश्वरी एवं अन्य कार्यकारिणि लगायतको उपस्थिती थियो। 
 
कार्यक्रममा बोल्ने वक्ताहरुले व्यापारीका समस्या, मेलाको आयोजना, चौपाया ब्यवस्थापन, ुक्लिन कृष्णनगर, ग्रीन कृष्णनगरुको अवधारणा, बसपार्क ब्यवस्थापन, अस्पतालको आवस्यकता, फोहरको लागि डम्पिङ साइटकालागि नगरपालिकालाई अनुरोध गर्नुपर्ने जस्ता बिषयमा गहन भएको सचिव भुषालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ