arrow

युद्धविरामबीच सिरियामा खतरनाक विष्फोट, ४० को मृत्यु

logo
प्रकाशित २०७३ पुष २३ शनिबार

एजेन्सी । सिरियामा भएको कार बम विष्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । स्थनीय संचारमाध्यमका अनुसार विष्फोट टर्कीको सीमा नजिकको शहर अजाजमा भएको हो ।

सिरियामा युद्धविराम चलिरहेकै बेला यो विष्फोट भएको हो । सिरियामा अहिले रुस र टर्कीको पहलमा युद्धविराम लागु भएको छ । हालैका दिनमा कथित इस्लामिक स्टेटले अजाज शहरलाई निशाना बनाएको थियो ।

यद्यपि, यो विष्फोटमा कसको हात छ भन्ने यकिन भएको छैन । मृतकको संख्या बढ्न सक्ने बताइँदैछ । सिरियाको यो इलाकामा अर्को क्षेत्रबाट पलायन भइ आउनेहरु बस्दै आएका छन् । इस्लामिक स्टेटले कयौं पटक अजाज शहर कब्जामा लिने प्रयास गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ