arrow

रोल्पाको झेनाममा बन्यो हाइड्रोलिक र्‍याम, सिंचाइको चिन्ता हट्यो

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष २३ शनिबार
pumpp-rolpa.jpeg

रोल्पा । नेपालमै पहिलो पटक रोल्पामा एकै साथ जडान गरिएका ५ वटा हाइड्रोलिकर्‍याम (पापा) पम्पको उद्घाटन भएको छ । दलित तथा विपन्न समूदायको बस्ती रहेको झेनाम गाविस –७ को सेउलीबाङमा काँग्रेस सांसद अमरसिंह पुनले पम्प उद्घाटन गरेका हुन् । कृषि उत्पादकत्व वृद्धि तथा वयवसायिकरण परियोजना (आइप्याक) र रिन्युएवल वल्र्डले पम्प निर्माणका  लागि करिब २२ लाख आर्थिक सहयोग गरेको हो ।

यस्तै, उपभोक्ताहरुले नगद तथा जनश्रमदान गरेका छन् । आइप्याक परियोजनाका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले प्रारम्भिक सर्वेक्षणदेखि करिब डेढ वर्षको समयावधिमा पम्पको निर्माण सकिएको बताए । पम्पले सिंचाइका लागि पानी तान्ने काम गर्छ । ३९ घरधुरी मध्ये ३१ घरधुरीले पम्पबाबाट सिंचाइको सुविधा लिन सक्ने बताइएको छ । यसरी प्रति घरधुरी २ देखि ३ रोपनी जमीनमा सिंचाइ गर्न सकिने परियोजनाले जनाएको छ ।

उद्घाटनका क्रममा सांसद पुनले रोल्पालीहरुको मुख्य दुष्मन भूगोल भएको बताए । बत्तीमुनी अँध्यारो भने झैँ दाङ र सल्यानको सीमानामा रहेको झेनाम गाविस शिक्षा स्वास्थ्य, यातायात तथा विजुलीको उज्यालोबाट अझैपनि बञ्चित रहेको सम्झिँदै सांसद पुनले रोल्पालीहरुको मुख्य दुष्मन भूगोललाई भनेका हुन्   

आधारभूत आवश्यकता पूरा गर्न जनता स्वयं सजग र सचेत बन्नु पर्नेमा सांसद पुनको जोड छ । पुनले भने, ‘बच्चा पनि नरोइ दुध खान पाउँदैन । तपाईहरु आफ्ना आधारभूत आवश्यकता पूरा गर्नका लागि आफै सचेत बन्नुपर्छ । यसका लागि गाउँ परिषद् हुँदै विभिन्न चरण मार्फत जिल्ला परिषदसम्म आफ्ना माग राख्न क्रियाशिल रहनुस् ।”

रोल्पाका स्थानीय विकास अधिकारी सुशील बैद्यले कुनैपनि योजना बन्नु महत्वपूर्ण काम भएपनि त्यो भन्दा महत्वपूर्ण योजनालाई मर्मत संभार गरेर दिगो रुप दिनु नै हुने बताउदै यसको संरक्षण र संबद्र्धन गर्न लागि स्थानीय बासीलाई सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ