arrow

एकाविहानै नक्सालमा पाँच तारे होटलले आधा बाटो भत्काए पछि

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
Sadaks.jpeg
काठमाडौं। काठमाडौंको नक्सालमा निर्माणाधीन एक पाँचतारे होटलको जग भत्किँदा आईतबार नक्साल भगवती बहालदेखि बालमन्दिर तर्फ जाने सडक अबरुद्ध भएको छ। आईतबार विहान साढे ६ बजेतिर हिल्टन होटलको निर्माणाधीन भवन भत्किएको हो। जसकाकारण निर्माणाधीन भवनको पूर्वी किनारामा पर्ने आधा सडक भत्किएको छ। 
 
हिल्टन होटल निर्माणका लागि ठेकेदार कम्पनी रोशन कन्सल्टेन्सीले निर्माण गर्दै आएको प्रहरीले जनाएको छ। घटनाबाट कुनै पनि मानवीय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी सहायक निरीक्षक राजेन्द्र कुमालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ