arrow

बझाङका लेकाली भेगमा हिमपात, जनजीवन कष्टकर

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ पुष २४ आइतबार
bajhang-himpat.jpeg
बझाङ, (चैनपुर) । सुदुरपश्चिमको हिमाली जिल्ला बझाङका उच्च लेकाली भेगमा हिमपात भएसगै अत्याधिक चिसोले जनजिबन कस्टकर बन्दै गएको छ ।  लगातार २ दिन देखि परेको अबिरल बर्षा सगं लेकाली क्षेत्रमा हिमपात भएको हो । 
 
 दुई दिन देखीको लागातार पानी सगैँ आएको हिमपातले जिल्लाको जनजिबन निकै कस्टकर बनेको छ । हिमपात सगै बढेको अत्याधिक चिसोका कारण मान्छेहरु घरबाट बाहिर सम्म आउन सकेका छैन । चिसोका कारण शिक्षण सस्था लगायतका जिल्लाका ग्रामिण स्तरका सरकारी कार्यालय हरु समेत बन्द रहेका छन् ।  
 
हिमपातले जिल्लाका अग्ला अग्ला डाडा लगायत उतरी क्षेत्रका  काडा ,मेलबिसौना, दातोला , रिलु ,धमेना, दहबगर,सुर्मा दौलिचौर लगायतका दुई दर्जन भन्दा बढी गाँउहरुमा भिषण हिमपात भै रहेको छ भने अन्य क्षेत्रमा बर्षा भै रहेको छ । हिमपात सगै जिल्लाको एक मात्र जयपृथ्बी राजमार्ग समेत अबरुद्घ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिमपातले लेकाली भेगमा गाई गोरु भैसीहरुलाई बाहिरी निकाल्न अफठ्यारो भएको स्थानिय बासी नारायण रोकायाले जानकारी दिएका छन् ।  
 
    जिल्लाको काडा ,सुर्मा दौलिचौर दहबगर , पाथिभेरा, लगायतका उच्च क्षेत्रहरुमा हिमपात भएपछि ति क्षेत्रहरुको जनजिबन कष्टकर बन्दै गएको छ । हिमपात सगंै चिसो समेत बढे पछि स्थानिय बासी हरु मुडा बालेर बसि रहेका छन् । लेकाली क्षेत्रमा हिमपात भए पछि गाई बस्तुभाउहरुलाई समेत अफठ्यारो परेका स्थानियबसीको भनाई छ ।
 
 गाई भैसी , घोडा, भेडा लगायतका जनाबरहरु पानि खुवाउन बाहिर निकाल्न समेत असहज भएको छ । मौसम परिर्बतन भएपछि  चिसो बढन थालेकाले यस समयमा बिभिन्न भाईरसहरु सकृय हुने हनाले  पानिमा नभिज्न तथा न्यानो लुगा लगाएर सुरक्षित भएर बस्न स्थानिय प्रसासनले आग्रह गरेको छ । चिसो बढन थाले पछि लेकाली क्षेत्रहरुमा आवत जावत गर्न समेत निकै अफठ्यारो परेको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ